Latest Updates :

चिनियाँ रेल: काठमाडौं हुँदै लुम्बिनीसम्म

SHARE THIS POST :

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन् ।

चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राखेका छन् । । हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं ।’
चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए ।
अर्थमन्त्री महरा एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीनले वैशाख ३१ र जेठ १ मा बेइजिङमा आयोजना गर्ने बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागी हुन जाने तयारी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।
महराको भ्रमणमा नेपाल बेल्ट एन्ड रोडको सदस्य बन्नेसम्बन्धी चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो भइनसकेको अधिकारीहरूले उल्लेख गरेका छन् ।
कार्यक्रममा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बनेर पर्याप्त लाभ लिनसक्ने बताए ।
उनले भने ‘नेपाल, भारतलगायत दक्षिणएसियाका मुलुकले यो अवधारणामा सहभागी भई लाभ लिन सक्छन् तर यसको ठ्याक्कै ब्लुप्रिन्ट बाहिर आएको छैन । नेपाल ओबीओआरको नक्सामा कतै देखिँदैन ।’
-अन्नपूर्ण पोष्ट दैनिकबाट


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger