आफूमा भएको प्रतिभा अन्नसम्म पुर्याउनको लागि सामाजिक संजाल एक प्लेटफर्म बन्न थालेको छ । सामान्य व्यक्तिदेखि सेलिब्रेटिजसम्म यसको फाइदा उठाउन माहिर छन् ।
यसै क्रममा साउथ इण्डियन अभिनेत्री अहाना कृष्णले फेसबुकमा शेयर गरेको एक भिडियो भाईरल बनेको छ । साउथ अभिनेता कृष्ण कुमारकी जेठी छोरी अहानाले उनी बहिनी दिया र ईशानीसँग 'शेप अफ यू' गीतमा डान्स गरेको भिडियो फेसबुकमा सार्वजनिक गरेकी हुन् ।
सामाजिक सञ्जालमा यो भिडियोलाई निकै रुचाईएको छ । फेसबुकमा पोष्ट गरेको २० घण्टामानै एक लाख भन्दा धेरैले भिडियो हेरिसकेका छन् ।
अहानाले यसभन्दा पहिले पनि आफ्नो डान्सको भिडियो युट्युब र फेसबुकमा शेयर गर्ने गर्थिन् ।
Post a Comment