Latest Updates :

खोटाङ्गेहरुको लागी खुसीको खबर :) डेड करोडभन्दा बढि मूल्यको सुविधा सम्पन्न एम्बुलेन्स तथा अल्ट्रासाउण्ड पाउने भए

SHARE THIS POST :

पर्याप्त पूर्वाधारको कमीले सामान्य स्वास्थ्य सुविधासमेत पाउन वञ्चित खोटाङवासीहरुले अब सुविधासम्पन्न एम्बुलेन्स तथा जिल्ला अस्पतालमा अल्ट्रासाउण्ड सेवा पाउने भएका छन् ।

 खोटाङमा जन्मिएर बेलायतमा बसोबास गरिरहेका सहयोगीहरुले जिल्लाको लागि डेड करोडभन्दा बढि मूल्यको एम्बुलेन्स तथा अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराउनेभएपछि खोटाङ्गेहरुले सुविधा पाउने भएका हुन् । बेलायतवासी खोटाङ्गेहरुको सँस्था ‘खोटाङ सेवा समाज यूके’ले जिल्लाको ७ वटा गाऊँपालिका लागि एम्बुलेन्स तथा जिल्ला अस्पतालका लागि अल्ट्रा साउण्ड मेसिन उपब्ध गराउने भएको हो ।
खोटाङ सेवा समाज यूकेका संयोजक अशोककुमार राईका अनुसार विरामीका लागि आवश्यक अक्सिजन तथा अन्य प्राथमिक उपचारका मेसिनहरुसमेत जडित एम्बुलेन्स खरिदका लागि दुई वर्ष अगाडिदेखि सहयोग संकलन अभियान चलाईएको थियो । अगामि २६ गते जिल्लामा पुगेर सम्बन्धित गाऊँपालिकाका अधिकारीहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिने राजधानीमा आयोजित एक कार्यक्रममार्फत जानकारी दिईएको छ ।

एम्बुलेन्स प्रयोजनका लागि खरिद गरिएको एउटा गाडिको बजार मूल्य करिब ३२ लाख रुपैयाँ तथा अल्ट्रासाउण्ड मेसिनको १४ लाखभन्दा बढि पर्ने बताईएको छ । यद्यपी एम्बुलेन्स प्रयोजनका लागि गाढि खरिद गर्दा सरकारले छुट दिने प्रावधान भएकोले बजार मूल्यभन्दा कम रकममा गाडि खरिद गरि एम्बुलेन्सका लागि आश्यक पर्ने सुविधाहरु जडान गरिएको राईले बताउनुभयो ।

‘बुईपा, डाँडागाऊँ, निर्मलीडाँडा, बाक्सिला, चिसापानी, ऐशेलुखर्क र सिम्पानीलाई केन्द्र मानि एम्बुलेन्स सञ्चालित हुनेछन्’ राजधानीमा आयोजित कार्यक्रममा एम्बुलेन्स परियोजनाका नेपाल संयोजक जयकुमार राईले भन्नुभयो, ‘यी क्षेत्रहरुबाट एम्बुलेन्सको सुविधा जिल्लाको सबै भेगका बासिन्दाहरुले प्रयोग गर्न पाउने छन् ।’

एम्बुलेन्सका किन्नका लागि बेलायतमा रहेका ४ सय ४६ जना खोटाङगेहरुबाट आफ्नो इच्छाअनुसार सहयोग संकलन गरिएको थियो । अभियानमा अमेरिका, अष्टे«लिया, बु्रनाईलगायतका देशमा रहेका खोटाङ्गेहरुकोसमेत सहयोग रहेको परियोजना बेलायत संयोजक दिलकुमार राईले बताउनुभएको छ ।

एम्बुलेन्स परियोजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अशक्त विरामीहरुको लागि आवश्यक पर्ने एम्बुलेन्स सहयोग गरेर बेलायतवासी खोटाङ्गेहरुले सराहनीय काम गरेको बताउनुभयो । परियोजनाले छुटाएको हलेसी क्षेत्रको स्वास्थ चौकीलाई स्वास्थ्य मन्त्रालयको तर्फबाट एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले आफ्नो भवन नभएका खोटाङका अन्य स्वास्थ्य चौकीका लागि पनि सहयोग उपलब्ध गराउने बताउनुभयो ।

करिब साढे दुई लाख जनासंख्या रहेको खोटाङ केहि वर्षअघि मात्र सडकमार्गले राजधानीसँग जोडिएको छ । विकट पहाडी भूगोल रहेको जिल्लामा राम्रो स्वास्थ्य सुविधा नहुँदा सामान्य रोगका लागि पनि राजधानीलगायत अन्य स्थानमा धाउनु पर्ने बाध्यता छ । वैदेशिक रोजगारीका कारण जिल्लावासीको आर्थिक हैसियत बृद्धि भएपछि आपतकालीन अवस्थामा हेलिकप्टरका लागि लाखौँ खर्च गरेर विरामीलाई राजधानी ल्याउने प्रचलन अहिले तीब्र भएको छ ।

जिल्लाको सबै भेगले सुविधा पाउनेगरी एम्बुलेन्स उपलब्ध भएपछि सामान्य मानिसहरुको लाखौँ रुपैयाँ बचत हुने सम्भावनासमेत देखिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger