Latest Updates :

आँखामा आनो आउने समस्या छ ? बेलैमा उपचार गर्नुहोस् नत्र आँखै गुम्ला

SHARE THIS POST :

आाखामा आनो (आाखाको बाहिरी भागमा आउने घाउ) आएमा भन्ने चलन छ, कसलाई ढाँटेछ, अनि यस्तो भयो। अखिर के समाजमा चलेको मान्यताजस्तै ढाँट्नु नै आनो आउनुको कारण हो त ? यसले कुनै खतरा पनि निम्त्याउन सक्छ कि ? आँखारोग विशेषज्ञ डा बेन लिम्बूले जवाफ दिएका छन्

कारण
आँखाको परेलाका डिल या छेउछाउमा पसिना बन्ने ग्रन्थि हुन्छ। यो ग्रन्थिमा ब्याक्टेरियाको संक्रमण भएमा आनो आउँछ। छालाबाहिर रहने ब्याक्टेरिया जब छालाभित्र प्रवेश गर्छ, तब आँखामा आनो निस्कन्छ। आँखाको माथिल्लो या तल्लो दुवै भागमा आनो आउन सक्छ।

लक्षण
आँखाको डिलमा दुख्ने र बिस्तारै सुन्निन सुरु हुन्छ। सुन्निने क्रम बढेसँगै बाहिरबाटै आनो देखिन्छ। परेला सुन्निन्छ। दुखाइले ज्वरो नै निकालिदिन्छ। आनो ठूलो हुँदै जाँदा उज्यालो हेर्नै नसक्ने हुनसक्छ।

 घरमै उपचार
आनोको उपचार घरमै गर्न सकिन्छ। आनो निस्किएको ठाउँमा तातो पानीले सेक्दा राम्रो गर्छ। तातोपानीमा रुमाल डुबाएर राम्ररी निचोर्ने र ५–१० मिनेटको अन्तरमा दिनको ३–४ पटक सेक्दा दुखाइ कम हुन्छ। पानीले सेक्दा सुन्निएको ठाउँबाट भित्रको पानी या पिप निकाल्न मद्दत मिल्छ। आँखावरपर सरसफाइमा ध्यान दिनुपर्छ।

 बनाउन सक्छ अन्धो
आनो बारम्बार दोहोरिने र बढ्दै जाने भएमा चिकित्सकसँग परामर्श गरेर थप उपचार गर्नुपर्छ। समयमै उपचार नभए आनो फुट्ने र संक्रमण भई आँखाभित्र सरेर अन्धोपना पनि हुनसक्छ । त्यसैले आनो जटिल अवस्थामा पुगेको छ भने सचेत हुनुपर्छ । आनोका कारण आँखाको ज्योति धमिलो भएमा, एउटै चिजलाई दुईवटा देखिएमा, फुटेर संक्रमण आँखाभित्र गएमा र तारन्तार आनो दोहोरिएमा परिस्थिति खतरनाक हुनसक्छ ।

सुगर भएकालाई खतरा
मधुमेह भएका व्यक्तिलाई आनो बारम्बार दोहोरिन सक्छ । मधुमेह भएको शरीरमा ग्लुकोजको मात्रा बढी हुने भएकाले आनो बनाउने ब्याक्टेरिया सजिलैसँग संक्रमित हुन्छन् । त्यसैले यस्ता व्यक्ति आनोदेखि बढी सचेत हुनुपर्छ । यस्तै, दूरदृष्टि कमजोर भएकाहरूमा पनि संक्रमणको सम्भावना हुन्छ ।

आँखावरपरको भागलाई सफा राख्नु नै आनो निम्तिन नदिने उपाय हो । यसका लागि नियमित स्वच्छ र सफा पानीले आँखा धुनुपर्छ । आनोको समस्या भएकाले शृंगारका सामग्री प्रयोग नगर्नु उत्तम हुन्छ । मधुमेह छ भने समयमै जाँच गराउनुपर्छ । टाढाको हेराइमा समस्या छ भने चिकित्सकको सल्लाहमा वेलैमा चस्मा लगाउनुपर्छ । आनोको उपचार औषधि सेवन गरेर तथा शल्यक्रियामार्फत पनि गर्न सकिन्छ ।

प्लस १ टिप्स
आँखावरपरको भागलाई सफा राख्नु नै आनो निम्तिन नदिने उपाय हो । यसका लागि नियमित स्वच्छ र सफा पानीले आँखा धुनुपर्छ । आनोको समस्या भएकाले शृंगारका सामग्री प्रयोग नगर्नु उत्तम हुन्छ । मधुमेह छ भने समयमै जाँच गराउनुपर्छ । टाढाको हेराइमा समस्या छ भने चिकित्सकको सल्लाहमा वेलैमा चस्मा लगाउनुपर्छ । आनोको उपचार औषधि सेवन गरेर तथा शल्यक्रियामार्फत पनि गर्न सकिन्छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger