मानिसहरु प्राय लुकीछिपी प्रेम गर्दै आएका छन्। तर कहिले काँही लुकाउँदा पनि प्रेम लुक्दैन र परिणाम नराम्रो आउँछ। यस्तै परिणामको सिकार भएकी छिन, अमेरिकास्थित एरिजोनाकी एक युवती। उनी आफ्नो केटा साथीसँग आफ्नो कोठामा रोमान्स निकै महंगो सावित भएको छ। बन्द कोठामा केटा साथीसँग रोमान्स गर्दागर्दै उनकी आमा कोठाभित्र छिरेपछि स्थिति तनावपूर्ण बन्यो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार जिनेट वुडकी १६ वर्षीया छोरी आफ्नो केटा साथीसँग बन्द कोठामा रोमान्स गर्दै थिइन्। त्यति नै बेला उनकी आमा कोठाभित्र पसिन्। आफ्नो छोरी कुनै पराइ युवकसँग आपत्तिजनक अवस्थामा देखेपछि आमाले ती युवालाई पिट्न सुरु गरिन्।
आमाले केटा साथीलाई पिटेपछि छोरीले बनाउने कोसिस पनि गरिन्। तर निकै आवेशमा रहेकी आमाले युवकलाई पिट्न छोडिनन्। केही समयसम्म पिटाइ खाएपछि युवक त्यँहाबाट भाग्न सफल भए। भाग्ने क्रममा ती युवकले आफ्ना कपडा र कार त्यँही छोडेका थिए।
युवतीकी आमाले रिसको चुरमा युवकको कारसमेत तोडफोड गरिन्। कसैको सूचनाका आधारमा त्यही समयमा प्रहरी जिनेटको घरमा पुग्यो, र हंगामा र कार तोडफोड गरेको अभियोगमा आमा जिनेटलाई नै पक्राउ गर्यो।
Post a Comment