Latest Updates :

साट्न तयार अवस्थाको चेक बाटोमा फेला पारेपछि एक महिलाले देखाइन् इमान्दारिताको नमूना

SHARE THIS POST :

बर्दियाको भुरीगाउँमा एक महिलाले आफूले राजमार्गमा भेट्टाएको चेक सम्बन्धित ब्यक्तिलाई बुझाएकी छन् ।
ठाकुरबाबा नगरपालिका नेउलापुरकी भवानी योगीले भुरीगाउँ बजारको मुख्य चोकमा भेट्टाएको १७ हजार रुपैयाँको तयारी चेक सम्बन्धित व्यक्तिलाई फिर्ता दिएकी हुन् ।

राष्ट्रिय बाणिज्य बैँक भुरीगाउँ शाखाको फेला परेको चेक शिक्षक कलमबहादुर शाहीको थियो । उनले रेडियो टाइगर एफ एमबाट सूचना प्रसारण गर्न लगाएर चेक फिर्ता गरिदिएकी हुन्।

अरुले दुःख गरेर कमाएको सम्पत्तिमाथि आँखा लगाउँदा कसैलाई पनि भलो नहुने भन्दै योगीले आफूले पनि भेट्टाएको चेक सम्बन्धित ब्यक्तिलाई बुझाइदिएको बताइन् । उनले भनिन्, ‘मानिसले आफ्नो कमाई खानुपर्छ अरुको श्रम–पसिनामाथि रजाइँ गर्ने होइन ।’

आफूले फेला पारेको तयारी अवस्थाको चेक नलगेर सम्बन्धित ब्यत्तिलाई बुझाएपछि उनी इमान्दार पात्र बनेकी छन् । रेडियोबाट सूचना प्रसारण गरेर इमान्दारीपूर्वक चेक फिर्ता गरेकोमा शिक्षक शाहीले योगीलाई धन्यबाद ज्ञापन गरे।

आफन्तलाई साँट्न दिएको चेक हराएको खबरले विद्यालयबाट हतार–हतार बैँकमा पुगेका शाहीलाई राष्ट्रिय वाणिज्य बैँकका प्रबन्धक नारायण बलायरले तपाईँको चेक रेडियो टाइगरमा छ भन्दा हर्षले गदगद भएका थिए ।

समाजमा चोरी डकैती र लुटपाटका घटना र देशमा भ्रष्टाचारको कुसंस्कार मौलाउँदै गएको समयमा सबैले योगीको ब्यबहारबाट पाठ सिक्नु पर्ने बेला आएको स्थानीय बासिन्दाहरु बताउँछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger