अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको उत्कृष्ट १५ देशको सूचीमा नेपाललाई पनि समावेश गरिएको हो ।
विश्वकै अग्लो बन्जी जम्पमध्ये एक रहेको लास्ट रिसोर्ट भोटे कोशी नदीको माथि रहेको छ ।
यसको उचाइँ १६० मिटर रहेको सिएनएनले उल्लेख गरेको छ ।
नेपालबाहेक स्वीटजरल्याण्ड, इटाली, अस्ट्रिया, अमेरिका, चीन, फिनल्याण्ड, न्युजिल्याण्ड, जाम्बिया–जिम्बाव्वेका बन्जी जम्प गन्तव्यहरु पनि समावेश रहेका छन् ।
Post a Comment