Latest Updates :

राजेन्द्र महतोले दिए खतरनाक चेतावनी

SHARE THIS POST :

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस विनाको देशको परिकल्पना नगर्न सरकारलाई चेतावनी दिएका छन्। अध्यक्ष महतोले मधेसलाई बाइपास गरेर निर्वाचनमा जाने साहस नगर्न पनि सरकार र सत्तारुढ काँग्रेस, नेकपा माओवादी केन्द्रलाई चेतावनी दिएका हुन्।

मधेसी मोर्चा सहमतिमा नआएपनि बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारले तयारी गरिरहेको छ। त्यसको विरोधमा मधेस केन्द्रित दलहरुले संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जान दवाव दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर असहयोग आन्दोलन सुरु गरिसकेको छ । अध्यक्ष महतोले संविधान संशोधनविना स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने साहस कसैसँग नरहेको जिकिर गरे।
रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशहित चाहने कसैले पनि मधेस केन्द्रित दललाई छाडेर निर्वाचनमा जानै नसक्ने तर्क गरे। उनले मधेस केन्द्रित दलहरुलाई छाडेर निर्वाचनमा जाने सरकारको तयारीलाई महाराष्ट्रघाती अभियानको संज्ञा दिए।

अध्यक्ष महतोले एमालेको मेची– महाकाली अभियानलाई खोक्रो राष्ट्र भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले पार्टीले संचालन गर्ने निर्वाचन विरोधि अभियान शान्तिपूर्ण हुने दाबी गरे। जनतालाई दुःख नदिने गरी आन्दोलन गर्ने खाकाको तयारी भइरहेको जानकारी दिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger