Latest Updates :

चिहान कक्षा

SHARE THIS POST :

चीनकी लिउ ताइजीले मृत्युलाई अँगाल्न चाहने र मृत्यु नै सबै समस्याको समाधान हो भन्ने भावना राख्नेहरूलाईलक्षित गरेर चिहान कक्षा सञ्चालनमा ल्याएकी छिन् ।
चीनकी लिउ ताइजीले मृत्युलाई अँगाल्न चाहने र मृत्यु नै सबै समस्याको समाधान हो भन्ने भावना राख्नेहरूलाई लक्षित गरेर चिहान कक्षा सञ्चालनमा ल्याएकी छिन् । सुन्दा जति अनौठो लाग्छ यो कक्षा पनि उत्तिकै अनौठो छ । ताइजीले आफ्नो घर छेउको भिरालो जमिनमा मान्छे गाड्न मिल्ने ६ वटा चिहान बनाएकी छिन् ।कुनै समय जागिर नपाएको अवस्थामा श्रीमान्ले समेत धोका दिएपछि उनले सबै कुराको समाधान मृत्यु हो भन्दै आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । आत्महत्याको प्रयास असफल भएपछि ताइजी अहिले आफ्नो जस्तो भावना उत्पन्न भएर आत्महत्या गर्न खोज्नेहरूलाई बाँच्नु नै समस्याको समाधान हो भन्ने कुरा सिकाउँछिन् । यो कक्षामा सहभागी हुनेहरूलाई मरेपछि गाडेको अवस्थामा राखिन्छ र उनीहरूलाई बाँच्न प्रेरणा मिल्ने कुराहरू सिकाइन्छ । ताइजीको कक्षामा पुग्ने धेरै मानिस मृत्यु कुनै पनि समस्याको समाधान होइन भन्ने कुरा बुझेर फर्कने गरेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger