Latest Updates :

मुद्दा फिर्ता लिन प्रचण्डको करोडौँको अफर !

SHARE THIS POST :

२०६९ भदौ ७ गते । ०२५–५६२३७७ नम्बरबाट दिउँसो ४ः२५ मा तारन्तार मोबाइलमा घण्टी बज्यो । ‘हेलो !’ भन्न नपाउँदै धम्कीको भाषा सुरू भइहाल्यो ।
तपाईँ तुरून्त मलाई भेट्न आउनुस् त ।’ फोन गर्नेले धम्की दिंदै भन्यो ।

‘तपाईँको को हो ? किन भेट्न आउने ?’ मेरो जवाफ फर्कन नपाउँदै उसले परिचय दियो, ‘म सुनसरी कारागारको बन्दी ।’

‘कपनमा मान्छे मार्ने पनि मै हो, पेप्सीकोलामा पनि मान्छे मार्‍यौँ ।’ डिल्लीबजार सदरखोरमा रहेको व्यक्तिले मेरो मोबाइल नम्बर दिएको भन्दै उसले मलाई धम्क्याउँदै भेट्न सुनसरी बोलायो । म किन जान्थेँ ?

धम्क्याउन कारागारका कैदीसमेत प्रयोग भएपछि मन असह्य भयो । दौडँदै एड्भोकेसी फोरमको कार्यालय पुगेँ । फोन नम्बर सुनसरी कारागारकै रहेछ । धम्क्याउने पनि सुनसरी कारागारमै ज्यान मुद्दाको सजाय खेपिरहेका दीपक खवास रहेछ । त्यसपछि पनि उसले मलाई पटकपटक फोन गरेको थियो, मैले वास्तै गरिनँ ।

त्यसको केही दिनपछि एउटा अपरिचितले भेट्न अनामनगर बोलायो । त्यति बेला म पनि अनामनगरै थिएँ, अधिवक्ता यदु खनालको ल फर्ममा । भोलिपल्ट सर्वोच्च अदालतको पेसीबारे छलफल चल्दै थियो ।

‘तपार्इँ कहाँ हुनुहुन्छ ?’ फोन गर्नेले सोध्यो । सायद म अनामनगर गएको उसलाई पहिल्यै थाहा थियो । उसले भेट्न सिंहदरबारको पूर्वी गेटमा बोलायो । म साथी लिएर पुगेँ । उसले वरिपरि हेर्‍यो । साथमा ड्राइभर र मेरा एक जना साथी पनि थिए । एकान्तमा बोलाएर ‘आज म तपाईँसँग केही कुरा गर्दिनँ’ भन्दै उम्कन खोज्यो ।

‘होइन, एक छिन चिसो खाएर कुरा गरौँ !’ मेरो आग्रह मानेर ऊ रेस्टुराँभित्र छिर्‍यो । मसँगै गएका साथी र उसका साथी बाहिरै बसे ।

म कुर्सीमा मात्रै के बसेको थिएँ, उसले कम्मरबाट पेस्तोल निकालेर टेबलमा राख्यो ।

‘हामी त पैसाका लागि जे पनि गर्ने मानिस, तपाईँ बालकृष्णको पछि किन लाग्नुहुन्छ ?’ उसले धम्कीपूर्ण भाषामा सम्झाउन खोज्यो ।

एक जना माओवादी आइपुग्यो । ‘तपाईँले कति पैसा माग्नुहुन्छ ? पार्टीले दिन्छ । यस मुद्दाले पार्टीको बेइज्जत भएको छ । मुद्दा फिर्ता लिइदिनुपर्‍यो ।’ उसले लोभ देखायो । ‘म पनि करोडौँ पैसा दिन्छु । तैंले मेरो दाजुभाइ दिन सक्छस्’, म पनि कड्किएँ । चर्काचर्की पर्‍यो । तँ तँ– म म भयो । ‘प्रचण्ड र बाबुरामले गोप्यरूपमा भेट्न खोजेका छन्, आफ्नो दुःख भन्नुस उहाँहरूलाई ।’ शान्त हुँदै उसले प्रचण्ड र बाबुरामलाई पनि भेट्न सुझायो ।

‘तपाईँले पेस्तोल देखाएर तर्साउन खोजेको होला, म तर्सिन्न’, म झनै निडर भएँ ।

‘तपाईँलाई कसले पठाएको ? बालकृष्णले धम्क्याउन पठाएको होला, म डराउन्न’, मैले हाकाहाकी भनेँ ।

‘तपाईँलाई सम्झाउनमात्रै आएको’, रूखो हुँदै भन्न थाल्यो, ‘तपाईँ बालकृष्णको पछि लाग्दा तपाईँलाई खतरा छ भनेर बुझ्नुस् ! हामी त पैसामा बिक्ने मानिस, जहाँ जे पनि गर्न सक्छौँ ।’

उसले मिनेट–मिनेटमा आºनो ठेगाना बदल्थ्यो । देबे्र हातमा टाटुले नाम लेखेको थियो । एक मन त सोचेँ, मेरो मर्ने दिन आजै रहेछ । मैले हिम्मत हारिनँ । झनै कठोर भएर प्रस्तुत भएपछि ऊ उठेर हिंँड्यो ।

आफूलाई तामाङ हुँ भन्थ्यो । हेर्दा मतवालीजस्तै लाग्थ्यो । मोटरसाइकल चढेर आएको त्यस केटाले पनि ‘कारागारबाटै मोबाइल नम्बर पाएको’ भन्यो ।

सुनसरी कारागारबाट धम्क्याउने व्यक्ति र अनामनगरमा भेट्ने व्यक्तिको भाषा एउटै थियो । मोबाइल नम्बर पनि दुवैले कारागारबाटै पाएको भन्नुले मलाई सताउन ठूलै गिरोह सक्रिय भएको प्रस्टै थियो । बाबुराम भट्टराई सरकारले गरेको माफीको सिफारिसपछि म रिट बोकेर सर्वोच्च जान थालेँ । त्यसपछि यसैगरी मलाई धम्कीहरू आउन थालेका थिए ।

एक दिन फेरि अर्कै नम्बरबाट धम्की आयो ।

‘म माओवादी बोलेको !’ गाउँकै माओवादी कार्यकर्ता रहेछ ।

‘माओवादी भनेर तर्सेर फोन काट्छ भन्ने सोच्नुभयो होला । ल भन्नुस के भन्नुछ !’ – मैले जवाफ फर्काएँ ।

‘तपाईँलाई गाउँ जाँदा मार्छु भनेका रहेछन्, तपाईँलाई सुरक्षा म दिन्छु । हामीसँगै गाउँ हिँडनुस्’, साखुल्ले पल्टँदै उसले भन्यो ।

‘मलाई कसैको सुरक्षा चाहिन्नँ । म आफैँ जान सक्छु ।’ मैले फोन काटिदिएँ ।

तारन्तार धम्की आउन थाल्यो । मोबाइल नम्बरै परिवर्तन गरेँ ।
म असुरक्षित छु भन्ने प्रमाण थिए ती धम्कीहरू । कहीँकतैबाट असुरक्षा छ भने बालकृष्ण ढुङ्गेलबाट मात्रै हो । उसैको नाममा अनेक सन्देशहरू आउँछन्, फोनबाट धम्क्याउँछन् । कति त भेट्नै पनि आउँछन् ।

सर्वोच्च अदालतमा रिट हालेपछि एक दिन त माओवादीका चार जना सभासद् घरमै आए ।

त्यो दिन मैले भेट्न मानिनँ । उनीहरू सिधै मेरो श्रीमानलाई भेट्न कार्यालय पुगेछन् । उहाँ काम विशेषले बैंकमा हुनुहुन्थ्यो । त्यहाँ पनि नभेटेपछि खोज्दै बैंकमा पुगेछन् ।

‘तपाईँकी श्रीमतीलाई खतरा हुन्छ, जसरी हुन्छ यो मुद्दा भुल्नुस्, रिट फिर्ता नलिए सम्पूर्ण परिवारलाई खतरा छ’, श्रीमान्लाई धम्क्याएछन् ।

उहाँलाई चारपटक काम छ भन्दै काभ्रेमा बोलाएछन् । त्यहाँ पुगेपछि मुद्दा फिर्ता गर्न दबाब दिन्थे । तैपनि उहाँ गल्नुभएन ।

‘म यस विषयमा केही बोल्दिनँ । उसले माओवादीविरूद्ध बोलेको होइन, हत्यारालाई कारबाही गर मात्र भनेको हो ।’

श्रीमान्को जवाफ सुनेपछि माओवादी झनै कड्किए । उल्टै ललितपुरको खन्ना गार्मेन्टमा लगेर कारबाही गर्ने धम्की दिएछन्, ‘खन्ना गार्मेन्टमा लगेर कुट्नुपर्‍यो भने पाँच मिनेटमै मुद्दा फिर्ता हुन्छ ।’ यो कुरा श्रीमान्ले धेरै दिनपछि मात्रै खोल्नुभयो । म आत्तिन्छु भनेर उहाँ धेरै कुरा भन्नुहुन्नथ्यो ।

धम्क्याउने क्रम यत्तिमै सकिएन । धम्की नपाउने घरका कोही बाँकी थिएनन् । एक दिन फेरि अर्का एक जना माओवादी आइपुग्यो । ‘तपाईँले कति पैसा माग्नुहुन्छ ? पार्टीले दिन्छ । यस मुद्दाले पार्टीको बेइज्जत भएको छ । मुद्दा फिर्ता लिइदिनुपर्‍यो ।’ उसले लोभ देखायो ।

‘म पनि करोडौँ पैसा दिन्छु । तैंले मेरो दाजुभाइ दिन सक्छस्’, म पनि कड्किएँ । चर्काचर्की पर्‍यो । तँ तँ– म म भयो ।
‘प्रचण्ड र बाबुरामले गोप्यरूपमा भेट्न खोजेका छन्, आफ्नो दुःख भन्नुस उहाँहरूलाई ।’ शान्त हुँदै उसले प्रचण्ड र बाबुरामलाई पनि भेट्न सुझायो ।

अति गरेपछि म भेट्न तयार भएँ । साङ्ग्रिला होटलमा एक साँझ प्रचण्डलाई भेट्ने निश्चित भयो ।

‘तपाईँ तयार भएर बस्नोस् !’ दुई घण्टाअघि खबर आयो ।

भेट्न जान तयार हुँदै थिएँ । उसले सर्त तेर्सायो, ‘प्रचण्डले जे भन्नुहुन्छ त्यो हुन्छ भन्नुस् है !’ मैले सर्त मानिनँ । भेट्न पनि गइनँ ।

त्यसपछि मेरो श्रीमानलाई सम्झाउन थाले । ‘प्रचण्डले जेजे भन्छन्, त्योत्यो सबै उसले हुन्छ भन्दै भन्दिनँ’, श्रीमानले जवाफ फर्काउनुभयो । त्यसपछि भने माओवादीहरू भेट्न आएका छैनन् । तर, बेलाबेला धम्कीचाहिँ आइरहन्छ ।

‘बालकृष्णको मुद्दा फिर्ता नलिए लासको एउटा टुक्रा पनि रहन्न । उज्जनकै जस्तो हालत बनाइदिन्छौँ ।’ ओखलढुङ्गाकै सुवेदी थरका माओवादी नेताले केही समयअघि यस्तै सन्देश पठाएका थिए । माओवादीका नेतादेखि कार्यकर्तासम्मले अनेक मानिस पठाएर धम्क्याइरहन्छन् ।

पहिले भाइको जाहेरी दिँदा माइला दाइ गणेशकुमारलाई पनि यसैगरी धम्क्याउँथे । दाइलाई त मारे । अहिले मलाई पनि त्यसरी नै धम्की दिन्छन् । सम्झाउने, फकाउने, थर्काउने, धम्क्याउने केही पनि बाँकी राखेका छैनन् । अहिले त एक्लै हिँड्न पनि समस्या छ । बाहिर हिँड्दै हिँड्दिनँ । हिँड्नै परे, साथी लिएर मात्रै हिँड्छु ।

२०७० को वैशाख अन्तिममा काठमाडौँको कपनमा बालकृष्ण ढुङ्गेल, केशव राईसहितको एउटा बैठक भएको खबर आयो । ‘जसरी भए पनि साबित्रीको मुख बन्द गराउनुपर्छ, मुख बन्द गर्न नसके चुनाव घोषणा भएपछि हात खुट्टा भाँच्नुपर्छ ।’ बैठकमा सहभागी एक माओवादी कार्यकर्ताले त्यस बैठकमा भएको छलफलको रेकर्ड गरेर मलाई सुनाए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger