गत शुक्रबार राति त्रिभुवन विमानस्थलबाट युएइ सारजाहाको लागि उडेको एयर अरेबियाको ए३२० विमान उडेको केहि बेरमै चरासँग ठोक्किएपछि इन्जीनमा सामान्य क्षति पुगेको छ।
इन्जीनमा क्षति पुगेसँगै आपतकालिन अवतरणका लागि भारत लखनउस्थित चौधरी चरणसिंह अन्तराष्टि«य विमानस्थलमा डाइर्भट गरिएको थियो।
उडान नम्बर जी ९५३२ मार्फत १८२ जना यात्रु बोकेर उडेको जहाजमा सवार सबैजना सकुशल रहेको तथा हाल जहाजको क्षति पुगेको इन्जीनको मर्मत सम्भार चलिरहेको एयर अरेबियालाई उदृत गर्दै एजेन्सी एएनआईले जनाएको छ। सेतोपाटीबाट साभार गरिएको |
Post a Comment