काठमाडौं– तस्बिरमा तीन बालकहरु टाउकामा रातो पट्टी र राता ज्याकेट लगाएर उभिइरहेका छन् । ज्याकेटमा लेखिएको छ– युवा संघ नेपाल सुनवल–७ नवलपरासी ।
विद्यालय उमेर समुहका १०–११ वर्षका जस्ता देखिने ति बालकहरुको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तस्बिर एमालेको जारी मेची महाकाली अभियान अन्तर्गत गत फागुन २९ गते नवलपरासीको कावासोतीमा गरेको आमसभाका क्रममा सहभागि बालकहरुको तस्बिर भएको बताइएको छ ।
युवा संघ एमालेको युवा दस्ता भएपनि एमालेले बालकहरुलाई नै युवा संघको टिसर्ट सहित कार्यक्रममा उतारेको भन्दै अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
तर यस विषयमा युवासंघले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन ।
Post a Comment