Latest Updates :

एमाले नेता भरतमोहन अस्वस्थ, उपचारका लागि थाइल्याण्ड लगियो

SHARE THIS POST :

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका बयोबृद्ध नेता भरतमोहन अघिकारी अस्वस्थ भएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
अधिकारीको सचिवालयले जारी गरेको बिज्ञप्तिमा दिशा र पिसावसम्बन्धी गम्भीर समस्या देखिएपछि डाक्टरको सल्लाहमा उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको उल्लेख छ ।

दिशा पिसावमा समस्या आएपछि गत पुस ७ गते उनी कान्तिपुर अस्पताल भर्ना भएका थिए । कान्तिपुर अस्पतालले बयोधा अस्पताल रिफर गरेपछि त्यहाँ उनको ८ दिनसम्म आइसियुमा राखेर उनको उपचार भएको थियो ।

बयोधा अस्पलामा उनको उपचार गरेका डाक्टर युवराज शर्माको सल्लाह अनुसार थाइल्याण्डको भेजथानी अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । उनलाई आन्द्रा र युरिनरी सिस्टममा गम्भीर समस्या देखिएको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहेका ८० बर्षीय अधिकारी लामो समयदेखि मुटु र दम रोगबाट पीडित छन् ।
अनलाइन खबरबाट साभार गरिएको |

-
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger