Latest Updates :

मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यसरी पत्ता लगाउनुहोस्

SHARE THIS POST :

यदि तपाई आफ्नो मोबाइल हराएर एकदमै चिन्तित हुनुहुन्छ भने अब चिन्ता नलिनुस किनकी तपाईको हराएको मोबाइल सजिलै पत्ता लगाउन सकिन्छ।
सूचना प्रविधिको विकास र विस्तारसँगै सरकारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बनाएको अन्तराष्ट्रिय स्तरको कार्यविधिले हराएको मोबाइल पत्ता लगाउन सजिलो हुने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले मिडिया एनपीलाई जानकारी दिए।
उनका अनुसार प्राधिकरणले बनाएको अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआई) र उपकरण पहिचान दर्ता प्रणाली (इआइआरएस) वैशाख देखि नै लागू गरिसकिएको छ। उनले भने ‘यदि कसैको मोबाइल हराएमा वा चोरी भएमा आइएमइआईद्वारा पत्ता लगाउन सकिन्छ।’
IMEI
उनले प्रत्येक मोबाइल सेटमा आइएमइआई नम्बर फरक फरक रुपमा रहेको बताउदै भने, ‘ इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी अर्थात अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान जसमा मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ।’ उनले थपे, ‘ यो विशेषगरी मोबाइलको पछाडिको भागमा लेखिएको हुन्छ। तर आजभोली स्मार्टफोनमा *#06# डायल गरेर पनि आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ।’
आइएमइआई दर्ता गराउन कहाँ जाने ?
यदि तपाईले भर्खरै नयाँ मोबाइलसेट किन्नु भएको छ र आइएमइआई दर्ता गराउनु भएको छैन भने नेपाल सरकारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा एउटा निवेदन दिएर दर्ता गराउन सक्नुहुन्छ।
यस्तै तपाईले नयाँ सेट किन्दैहुनुहुन्छ भने सम्बन्धित कम्पनीमा तपाईले किन्ने मोबाइलको आइएमइआई दर्ता नम्बर मागेमा पाउन सक्नुहुनेछ। नेपालमा बिक्रि हुने मोबाइल कम्पनीहरुले मोबाइल सेट बजारमा ल्याउन पूर्व नै नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइलको आइएमइआई दर्ता गराएका हुन्छन्।
main-qimg-063134de078c334096564736d856276f-cयदि दर्ता नगरिएको भए कम्पनीले ट्याक्स छलेर मोबाइल बेचिरहेको छ भन्ने बुझ्नुस। यदि तपाईलाई कसैले विदेशबाट उपहारमा मोबाइल ल्याइदिएमा तपाईले प्राधिकरणको कार्यालयमा निवेदनका साथ मोबाइलको आइएमइआई दर्ता गराउन सक्नु हुन्छ।
मोबाइल हराएमा के गर्ने ?
यदि तपाईको मोबाइल हराएमा वा चोरी भएमा नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनुपर्छ। सोही निवेदनका आधारमा प्रहरीलाई तपाईले आफ्नो मोबाइलको आइएमइआई अर्थात अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान नम्बर उपलब्ध गराउनुपर्छ।
तपाईले दिएको निवेदनको आधारमा प्रहरीले उक्त मोबाइल सेटको खोजी ट्रयाकिङ गरेर पत्ता लगाइदिनेछ। यस्तो अवस्थामा तपाईको मोबाइल भेटिने सम्भावना धेरै हुन्छ।
आइएमइआईबारे प्राधिकरण के गरिरहेको छ ?
नेपाल सरकारको आधिकारिक नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणले अहिले मोबाइल सेट आयात/पैठारी तथा विक्री वितरण सम्बन्धी सूचना जारी गरेको छ।
IMEI Noticeउक्त सूचना अनुसार नेपालमा बिक्रि हुने सेटहरुलाई आयात र विक्रि वितरणगर्नु पूर्व दूरसञ्चार ऐेन २०५३ को दफा १३ च बमोजिम प्राधिकरणले लागू गरेको टाइइप एप्रुभल मोबाइल सेटको अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआई) अनिवार्य रुपमा दर्ता गर्न आग्रह गरेको छ।
यदि उक्त प्रक्रिया पूरा नगरी विक्रिवितरण गरेको पाएमा सम्बन्धित व्यक्ति वा संस्थालाई कानून बमोजिम दण्ड सजाय हुने चेतावनी सुचना निकालेको छ। साथै रेक वर्ष मोबाइलको एमआइएस रिपोर्ट निकाल्दै आएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger