बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । हाल प्रहरी घटनास्थलमा पुगेर अवस्था अध्ययन गरिरहेकाे छ । शवकाे प्रकृति हेर्दा साइकल अनियन्त्रि भइ नालीमा पसेकाे र त्यहाँबाट उठ्न नसकि उनकाे मृत्यु भएकाे एक प्रहरीले बताए । तर घटनाकाे पुर्ण विवरण अनुसन्धान पछि मात्र बाहिरिने बताइएकाे छ । घटना कतिबेला भएकाे हाे भन्ने यकिन भन्न नसकिएपनि स्थानीय एक महिलाले सुनाइन ‘रातकाे करिब ११ बजेतिर धेरै कुकुरहरू भुकिरहेका थिए । हामीले खासै चासाे दिएनाैं ।’
हाल मृतककाे नाम र ठेगाना लगायतकाे पहिचान खुल्न सकेकाे छैन ।
Post a Comment