Latest Updates :

आफ्ना प्रेमीसँग मिलेर आफ्नै आमाले गरिन् छोरीको हत्या

SHARE THIS POST :
भारतको हरियाणास्थित करनाल शहरमा एक बालिकालाई उनकी आमाले प्रेमीसँग मिलेर हत्या गरेकी छन् । बालिकाको हत्या हुनुको कारण यो मात्र थियो कि उनले आमालाई उनका प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारेकी थिइन् र यो कुरा बुबालाई भनिदिने चेतावनी दिएकी थिइन् ।यही कारण महिलाले आफ्ना प्रेमीसँग मिलेर छोरीको हत्या गरिन् । मृतक ८ वर्षीया सोनम हुन् । सोनम घर बाहिर खेलीरहेकी थिइन् । जब खेल सकियो उनी घरभित्र गइन् जहाँ उनले आमा लक्ष्मीलाई आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन् ।

दुवै जना सोनमलाई देखेर अतालिए । उनीहरुले सोनमलाई यो कुरा कसैलाई नभन्न आग्रह त गरे तर उनले भनिदिने डर मनबाट कम भएन । आफ्नो कर्तुत खुल्ने डरले दुवै जनाले मिलेर सोनमको घाँटी थिचेर हत्या गरे र उनको शवलाई कट्टामा राखेर नरहमा फाले । लक्ष्मीले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् ।लक्ष्मी आफ्नो घर आइन् र उनका प्रेमी अमित पनि आफ्नो घर गए । दुवैलाई लागेको थियो होला सोनमको शव नहरमा बगेर हराउने छ । तर, शव कट्टामा रहेका कारण बगेर जान सकेन । कसैले शव भेटिएको जानकारी प्रहरीलाई दिए । प्रहरीले घटनाको छानबिन थाल्यो । पोष्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको कुरा पत्ता लाग्यो ।

प्रहरीले छानबिन गर्ने क्रममा शंकाको सुई आमा लक्ष्मीतिर घुम्यो र अमित पनि पक्राउ परे । प्रहरीले एक सिसिटीभी फुटेज हात पार्‍यो जसमा अमितले बाइकमार्फत कट्टामा राखिएको बालिकाको शव लगेर गइरहेको देखियो । दुवै जनाले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले दुवै जनालाई हत्या मुद्दामा कार्बाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger