Latest Updates :

भर्खरै बिहे गरेकी महिलाले गरिन प्रेमीको सहयोगमा आफ्नै श्रीमानको हत्या

SHARE THIS POST :
भर्खरै बिहे नवविवाहित महिलाले आफ्नै श्रीमानलाई प्रेमीको सहयोगमा हत्या गरेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ की लक्ष्मी बडेलाले आफ्नै श्रीमान् तेजबहादुर विष्टको हत्या गरेकी हुन् ।

कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी उनी गोदावरी–१२ खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर विष्टको हत्या गरेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनु भयो ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार गत बैशाख महिनामा तेजबहादुर र लक्ष्मीले मागी विवाह गरेका थिए । विवाहपछि असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही राति घुम्न जाने बहानामा भीमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भीरमा पुर्याएर रडले टाउकोमा हानेर विष्टलाई उनी सवार म१प ७४७७ नम्बरको मोटरसाइकलसहित तल खसालेर फर्किएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

तेजबहादुर बेपत्ता भएपछि शुरूमा आफन्तले खोजी गरेपनि फेला नपर्दा २ दिनपछि अर्थात् असार १० गते प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै अनुसन्धान गरेको प्रहरीले भासु भीरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

भीरबाट फालेर हत्या गरिएका विष्टको शव र मोटरसाइकल मूल सडकसम्म पुर्याउन प्रहरीलाई सकस भएको थियो । लामो प्रयासपछि विष्टको खप्पर नै उछिट्टिएको तथा अंगभंग भएको अवस्थामा उनको शव प्रहरीले संकलन गरेको छ ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार शव करीब ६÷७ सय मिटर तल र मोटरसाइकल डेढ सय मिटर तल फेला पारिएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger