Latest Updates :

एक्कासी रबि र रेखाले चाले येस्तो कदम, एअरपोर्टमा नेआली दाजुभाइ बिरुद्द भएको अत्याचार नसहने

SHARE THIS POST :
रबि लामिछाने र रेखा थापाले विमानस्थलमा विदेशबाट नेपाल आएका नेपाली युवाहरुको समान जफत गरेको विषयमा कडा रुपले बिरोध गरेका छन। वर्षौ बैदेशिक भूमिमा परिश्रम गरेर घर फर्किने बेला आफ्ना आफन्त आमाबुबालाई ल्याएको केहि कोशेली पनि विमानस्थल मै जफत हुन थालेपछि त्यसको कडा प्रतिरोध गरेका हुन।

रेखा थापा लेख्छिन – उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला र तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ । सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन ।

क्वीन्टलका क्वीन्टल सुन छिर्दा नदेख्ने भन्सार गरीब नेपालीले ल्याएको एक टुक्रो सुनमा आँखा गाड्दै छ, के यो सुहायो ?

कोही कोही मानिस मदिरा बाहेक अरु सामानमा कडाइ नगरे हुन्थ्यो भनिदिएका छन् । घर परिवार साथी भाईका लागि ल्याएको १-२ बोतल रक्सी नि रोक्नु ? सुट लाएका, धनी मानिहरुले २-४ सय जोगाउन सुटकेश भित्र रक्सीका बोत्तल मजाले ल्याउँछन् ।

भन्सारले सुकिलाहरुको सुटकेश चेक गर्छ ? धनाढ््यहरुलाई त २-४ सयको लोभ हुन्छ भने गरीब नेपालीका छोराहरुलाई पसिनाको खोला बगाएर कमाएको पैसाको मायाँ लाग्दैन ? मध्यपान स्वास्थ्यका लागि हानिकारक छ, त्यो कुरा पछि गराँैला तर गाँउघरका साथीभाई इष्टमित्र मिलेर हल्का रमाइलो गर्न मन नलाग्ने को छ ?

रक्सी सेवन नगराँै यो कुरा पछि गरौँला । यसका विरुद्ध कुन कुन कानुन आकर्षित हुन्छन्, लगाआँै तर गरीब नेपालीको लगेज मात्र होइन अण्डरवेयर नै चेक गर्ने सुकिला मुकिलालाई नमस्ते र सलाम ठोक्ने, चेक नगर्ने जस्तो विभेद गलत हो । कुरा उठी हाल्यो, अब यो पनि सुन्नुस् ।

खैरो छाला भएको, अत्तर वास्ना आउने कुइरे, कुइरिने चाँही सर र म्याडम अनि मेहनतको पसिना, वासना आउने नेपालीलाई चाँही ओइ भनेर सम्बोधन, रुखो स्वर, गोलभेडा जत्रो आँखा ?

एक कप कफी र एक टुक्रो पाउरोटी टोकेर दिनभरी एउटा कुनामा किताब मात्र पढेर बस्ने टुरिष्ट भन्दा, वैदेशिक रोजगारीबाट फर्केकाले आन्तरिक पर्यटनलाई सय गुणा बढी टेवा पु¥याएका छन् ।

नेपालीहरु ४-५ जना कही पनि घुम्न गए पनि कसरी छुट्टी मनाउँछन् । १ कप कफी र एक टुक्रा पाउरोटी होइन, उ त्यो भाले काट्नुस्, त्यो बोका वा खसी छिनाल्नुस, हाँस पोल्नुस्, दाल झान्नुस्, भात बसाल्नुस्, अचार साँध्नुस नपुगेको अर्को भाले पोल्नुस्, यो ल्याउनुस्, त्यो ल्याउनुस् । उस्तै पसलको सारा सामान ५-६ जनाले सिध्याउँछन् ।

तर मुस्कानसहितको कष्टमर सर्भिसचाँही कफी र पाउरोटी वालाले लान्छ । जति दुख गरेपनि दिल खोलेर पैसा खर्च गर्न नेपालीलाई कसैले सक्छ ?

देश भरीका सपिङ सेन्टर, रेष्टुरेण्ट, बार फन पार्क यस कारणले चलेका छन् कि नेपाली दाजुभाई, दिदीबहिनीहरुले विदेशमा पसिना बगाएका छन् । विदेशमा दुख गरेर जन्मथलो आउने नेपालीलाई अरु कसैलाई भन्दा बढी सम्मान दिनु पर्छ ।

कारण यो देशको इकोनोमीमा सम्भवत सर्वाधिक टेवा यिनै नेपालीले पु¥याएका छन् । मिल्छ भने वैदेशिक रोजगारीबाट फर्किनेहरुलाई प्लेनबाट ओर्लने वित्तिकै रेड कार्पेटमा स्वागत गरौं । देशका लागि गफ बाहेक, खासै योगदान नदिने सबै हैन धेरै राजनीतिज्ञलाई केका लागि भिआइपी र भिभिआइपी बाटो र कोठा ?

यो देशको अर्थतन्त्रमा ठुलो योगदान दिने यस्ता नेपाली हुन भिभिआइपी । कामदार मात्र होइन उच्च शिक्षा लिएर फर्केका नेपालीलाई समेत भिभिआइपी ट्रिट गरिनुपर्छ । केही एयरपोर्ट कर्मचारी तथा विदेशमा रहेको एरलाइन्स स्टाफहरुको मिलेमत्तोमा नेपालीहरुलाई सुन, मोवाइल जस्ता सामान बोकाएर पठाइन्छ । यता एरपोर्ट झर्ने वित्तिकै एउटाले कलेक्सन गर्छ ।

यसमा धेरैको मिलेमत्तो छ । हो यो कुरामा बरु ध्यान दिनु प¥यो । २ करोडको लोभमा, वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफ्नो देशको एयरपोट भन्सारमा नाङ्गे झार पार्न जनताको सरकारलाई सुहाउँदैन ।

सरकार, परिवारबाट विछडिएर, २ पैसा कमाई, जहान छोराछोरी, बा आमा पालिरहेका मेहनती नेपालीहरुको हितमा नदेखिएको वर्तमान झिटिगुन्टा आदेश तुरुन्त सच्चाउ । देशमा अवसर नपाएर विदेसिएका युवाहरुले ल्याउने लत्ता, कपडा, मोवाइल, रक्सी, इलेक्ट्रोनिक्स सामानमा गिद्धे नजर नलाएको नै जाती । हैन दुखी नेपालीबाट अझै कर उठाउन मन छ भने यसो गरौं ।

सुनिन्छ, प्रत्येक दिन ३-४ जना नेपालीहरु काठको रातो बाकसमा फर्किन्छन् । दिनको ४ जनाको हिसाबले वर्षमा १४६० जना बाकसमा आउँछन्, यी लाशमा पनि भन्सार लगाइदेऊ । त्यसरी विदेशी भुमिमा सित्तैमा मर्न पाइन्छ ? रातो बाकसमा आउन पाईन्छ ? भन्सार तिर्न पर्दैन ?

उनको आक्रोस यत्तिमै सिमित छैन, उनि थप्छिन – हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको अपमान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एक्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?”

यो देश प्रवासी युवाहरुको रेमिट्यान्सले धानेको बेला उनीहरुलाई सम्मानको सट्टा देश टेक्ने बेला गरिएको यस्तो अपमान बारे सर्बत्र विरोध भएको छ ।

उनको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस :

”दुबई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकि छु । जब वर्षौ पछी घर फर्किने सुखद दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइवटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान, निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला र तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ । सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन ।

यिनै मजदुर बेचि खाने दलाल, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार । के परिवारको लागि चिनो ल्याउनु अपराध हो । मेरो बिचारमा यो श्रमिक माथि शोषण र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको अपमान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एक्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?”

“त्यही युबाहरुको रेमिटेन्सले तपाईंको तलब आउछ , अनि तेहि तलब खाएर तिनै युबा हरुको सामान जफत गर्न मिल्छ?”

बिदेशमा भयका युवाहरुको दुख पिडाको कुरा रबि लामिछाने ले सुनिदिनु पर्ने मिडिया मा उस्ले नै बजाउन पर्ने? बिदेस मा बेचियका चेली हरु को उदार आङकामी सेर्पा दाइ जस्ता अन्य अरु समाज सेबि हरु ले निकाल्दिनु पर्ने ? काठमाडौ र बाहिर को फोहोर बस्तु केपि खनाल जस्ता अन्य अरु युवाहरु ले देस सरसफाइ गर्दिनु पर्ने ? दुखि पीडित बेसाहारा लाइ इसा गुरुङ सामाज्सेबी लगाय्त अरुले सहयोग संकलन गरेर उदार गरिदिनु पर्ने?

बस्ति बनाउन सहयोग गर्ने जनता, बाढि पिडित लाइ सहयोग गर्ने हामी जनता, न्याय नपायर दुनिया भौतारिता को सम्स्या पनि हामी जनता लाइ नै, पुल बनाउन सहयोग गर्ने हामी जनता । देस लुटने लुटेरा हरु लाइ खुले आम माफी दिन्छ अनि कुखुरा चोर्दा जेल जानु पर्ने हामी नेपाली नै । पिडित लाई सहयोग गर्ने हामी जनताले । रेमिटान्स ले देश चलाईदिनु पर्ने पनि हामी नै जनताले ।

नेपाली गरिब जनताको कर ले नेता हरु को घर परिवार पाल्ने पनि हामी नेपाली जनताले हस्पिटल बनाईदिने पनि हामि जन्ता नै जनता । अस्पताल मा एम्बुलेन्स किनिदिने पनि हामी जनता नै । किसान ले गरेको खेतीको उचित मुल्य नपायर गाइ बस्तु लाइ खुवाउनु पर्ने बाध्यता हामी जनतालाइनै ।

विकट ठाँउ मा पानी लिन जान पनि घन्टौ हिन्नु पर्ने, भारत बाट अरौबौ को प्याज आलु आयत गरेर खानु पर्ने, देश मा बन्द हडताल हुदा मर्नु पर्ने पनि हामी नै, गाउ घर मा मानिस बिरामी हुदा एमबुलेनस नपायर बिरामी लाइ डोको हालेर पुराउनु पर्ने हामि जनता ले नै ।

येति धेरै सबै जनता ले गर्दा पनि चाहियको चाही के ? अनि देश का तोरि नेता भनौदाहरु चाही घुस खाने बस्ने देस बिदेस घुम्ने दुनिया गरिब जनता लाइ लुटने मात्रै काम हो ?? खोला नाला सिमाना बेच्ने तिमि नेता हरुनै ।

देस मा केहि बिकास निर्माण को काम र पीडित हरु को घाउ मा मलम लगाउन उदार गर्न बिदेस जापान कोरिया हङकङ बेलायल मलेसिया कतार साउदी दुबै लगायत अन्य अरु थुप्रै देस बाट अभियान चलायर सहयोग गर्नु पर्ने । अनि सरकार बनेको केका लागी ? गाउ गाउमा सिंहदरबार भनेको खै ? नया सरकार आय पछी देस ले कोल्टे फेर्छ समबृदी हुन्छ भनेको खै? साला येहा त जता ततै देश को हालत हेर्दा त उतानो परेको देख्छु हामी देस बिदेस मा भयका युवा हरु ले । थुक्क हामी नेपाली भयर बाच्न पनि गारो छ ।

अनि केहि समान लेराउदा बिदेश बाट तेस्मा पनि कर अझै भन्नु पर्दा तो माथी त कतिपय बिमान्स्थल मा काम गर्ने कामदार हरु बाटै भित्र नै लगेज बाट सामान चोर्ने समेत गरेका छन । विमानस्थल लगेज फोडेर तेस् भको भित्रको सामान के छ कस्तो छ कसको मोबाइल ल्यापटप गतिलो छ भनेर चेक गर्ने अनि चोर्ने केहि निति नियम नै नभएको मेरो देश हरेक कुरा मा जनता को साथ सहयोग छ भने दुई थान मोबाइल ले के विनाश गर्ने रैछ??

बिमानस्थल मा बिदेस बाट फर्किदा त त र म भनेर अपहेलना गर्ने सहनु पर्ने हामी ले नै । विमानस्थल को हालत देख्दा नेताहरु लाई थुक्न मन लाग्छ । देश को पर्स्थितीले गर्दा केहि वर्ष मेहनत गरेर घर फर्किदा २ वटा मोबाइल लान नपाउने रे हामी बिदेशका युवाहरुले।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger