Latest Updates :

३ वर्ष देखि अस्पतालमै ! १७ वर्षको उमेरमै कम्मर तलको भाग चल्दैन आर्थिक कम्जोर सहयोग को अपेक्षा

SHARE THIS POST :
 काठेपुलबाट करिब १० मिटर माथिबाट झरेर मेरुदण्ड भाचिएको रोल्पा माडी १ पेडिखोलाकि  निर्मलाको अबस्था झन् झन् गम्भीर बन्दै      २०७३ साल मंसिर १ गते जंगल बाट घर फर्कने क्रममा पुल बाट चिप्लिएर लड्नु भएको थियो । आर्थिक अबस्था कमजोर भएका कारण समयमै उपचार हुन नक्दा यस्तो समस्या भएको हो र निज निर्मला हाल ३ महिनाको लागि ईस्पाईनल ईन्जुरी होस्पिटल काभ्रे को भैसेपाटिमा छिन उनी १७ बर्षको हुदाँ यो घटना भएको हो र त्यती बेला उनी क क्षा ८ मा अध्यनरत थिईन । भने अहिले अपाङ अबस्थामा छिन उनको बुवा आमाले ध्यारि मजदुर गरेर घरखर्च चलाउछ्न भने तीन दिदी को बिहे भैसकेको छ भने एक दाइ मुख नबोल्ने कान नसुन्ने छ । कान्छो भाइ सानै छ ।

उहालाई अहिले सम्म बनेपा अस्पतालमा उपचार गराइ रहेको पारिवारिक स्रोतले बताएको छ । उहाको कम्मर भन्दा तलको कुनै पनी भाग नचल्ने बताइएको छ । उहाको उपचारमा अहिले सम्म ६ लाख जति सकिएको परिवारले बताएका छन । निज घर्तिको आर्थिक अवस्था कमजोर भएका कारण राम्रो ठाउँमा सफल उपचार गराउन सकिएको छैन ।

जलजला  यातायात वस व्यवसायि समितीका डायल इन्चार्ज तथा तरुण दलका नेता घर्तिले उहाको स्वास्थ्य उपचारका लागी अभियान समेत चलाउने बताउनु भएको छ । अभियानको सुरुवात स्वरुप उहाले ५ हजार रुपैया सहयोग गरेको हामीलाई जानकारी दिनुभएको छ ।

माडिगाउँपालीका १ पेदिखोला निवासी वुढाको स्वास्थ्य उपचारका लागी देश तथा विदेशमा रहनु हुने सम्पुर्ण महानुभावहरुले सहयोग गर्न समेत घर्तिले आग्रह गर्नु भएको छ ।






SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger