Latest Updates :

काठमाडौंबाट लुक्ला उडेको विमान दुर्घटना

SHARE THIS POST :
आकाशमा ९ हजार ६ सय ६८ घन्टा उड्दासम्म ४८ वर्षीय पारसकुमार राईलाई केही भएन। तर, शनिबार दिउँसो १:३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो।विमानको अगाडि भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते भए।

घाइते पाइलटलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्याइयो तर, चिकित्सकले उनलाई बचाउन सकेनन्। चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, ‘एक कुशल पाइलटलाई हामीले गुमायौँ।’काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती र दुई सन्तान छन्। ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा १ कक्षा।

सन् १९६९ जनवरीमा राईको जन्म भोजपुरमा भएको थियो। राई २०१४ अप्रिलबाट गोमा एयरमा आवद्ध हुनु भएको थियो। उहाँले गोमा एयरमा आवद्ध भएपछि मात्र एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसक्नु भएको थियो।

उहाँको पाइलट लाइसेन्स नम्बर (एडीपीइएल नम्बर) २१९ हो। अहिलेसम्म उहाँले टुइनटर, डोनियर जहाज उडाइसक्नु भएको थियो। अहिले भने उहाँले एलइटी ४१० उडाइरहनु भएको थियो।

लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो। व्यवसायमा इमान्दार र मिनसार राई सबैसँग घुलमिन भएर रमाउन चाहानुहुन्थ्यो।विमान दुर्घटनामा पाइलटको निधन भएपनि कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन घाइते हुनुहुन्छ। कोपाइलट मानन्धर कलंकी निवासी हुनुहुन्छ।

उहाँ सन् २०१५ मा गोमा एयरमा आवद्ध हुनु भएको हो। दुवै जनाकाे लुक्ला अस्पतालमा उपचार भइराखेकाे छ।एयर होस्टेस प्रज्ञा कीर्तिपुरकी हुनुहुन्छ। उहाँ २०१५ अक्टुरब ११ मा गोमा एयरमा आवद्ध हुनुभएको हो। प्रज्ञाको खुट्टामा चोट लागेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger