Latest Updates :

मलेसियामा ज्यान गुमाएका भाइकाे शब ल्याउने दाइकाे यस्तो दुःखद खबर.. परिवारमा बिचल्ली!

SHARE THIS POST :
मलेसियामा ज्यान गुमाएका भाइको शव ल्याउदै गर्दा पाँचथरमा पिकअप दुर्घटनामा परी ताप्लेजुङ फक्ताङलुङ २ का भक्तबहादुर लिम्बूको ज्यान गएको छ । बैदेशिक रोजगारीका क्रममा करिब डेढ वर्षअघि मलेसिया पुगेका भाइ देवीप्रसाद लिम्बूको शव काठमाण्डौवाट पिकअपमा रिर्जव गरेर ल्याँउने क्रममा मंगलवार विहान पाँचथरको हिलिहाङ ७ मा पुगेपछि पिकअपवाट खसेर घाइते भएका ४३ वर्षीय भक्तवहादुरको उपचारका लागि पाँचथर अस्पताल लैजाँदै गर्दा मृत्यू भएको हो ।

भक्तवहादुरले भाइको शव बा १७ च ८४५१ नम्बरको पिकअप रिजर्व गरेर ताप्लेजुङ ल्याँउदै थिए । पिकअपको पछाडी भागमा वसेका उनी उकालो वाटोमा गेयर परिवर्तन गर्दा खसेको प्रहरी नियन्त्रणमा रहेका चालक मनोज श्रेष्ठले वताएका छन ।घट्नापछि चालक जोरपोखरी प्रहरी चौकीको नियन्त्रणमा छन ।

दुवैजनाको शव जोरपोखरी प्रहरी चौकीमै राखिएको छ । घट्नावारे अनुसन्धान भइरहेको पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger