Latest Updates :

भक्तपुर स्थित एक पोखरीमा महिलाको शव फेला

SHARE THIS POST :
भक्तपुरमा एक महिला मृत फृला परेकी छन् । भक्तपुर नगरपालिका-२ ठूलो ब्यासी स्थित पोखरीमा महिलाको शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको प्रहरी टोलीले महिलाको शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको छ ।

मृतक महिला सोही नगरपालिका वडानम्बर ३ बतालेकी ४९ वर्षीया गंगा छुकाँ रहेकाे प्रहरीले जनाएकाे छ । उनी बिहीबार साँझ घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

अन्य समाचार

जनशक्तिको अभावमा चार महिनादेखि अस्पताल बन्द

तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल जनशक्ति अभावमा विगत चार महिनादेखि बन्द रहेको छ ।

अस्पताल बन्द हुँदा बिरामी मर्कामा परेका छन्। फूलबारी सामुदायिक अस्पताल वडा नम्बर १० मा रहेको ढोरफिर्दी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि अस्पताल बन्द भएको एक स्थानीयले बताए ।

त्यसपछि ढोरफिर्दी स्वास्थ्य चौकीसँगको छलफल अनुसार सहमतिमा अस्पतालको नाम ढोर फूलबारी शहीद अस्पताल राख्ने निर्णय भएको थियो । १५ शैय्याको अस्पतालमा २४ जना दरबन्दी आवश्यक परेको बताइएको छ ।

वडा नम्बर १० अध्यक्ष तथा ढोरफिर्दी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारीका अनुसार एमबिबिएस डाक्टर, स्टाफ नर्स र प्राविधिक गरी आवश्यक जनशक्ति संघीय सरकारले नपठाउँदा अस्पताल सञ्चालन गर्नमा समस्या भएको हो । जसका कारण ३ वडाका सेवाग्राही मर्कामा परेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger