Latest Updates :

कुवेतको अस्पतालमा नेपाली चेलीको यस्तो हालत

SHARE THIS POST :
रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली चेली एक अनौठो रोगबाट ग्रसित भएकी छिन् ।

ताप्लेजुङ जिल्ला घर भै हाल धरानमा बस्दै आएकी सलिना लिम्बु पेम्फिगुस वुल्गरिस नामक रोग बाट ग्रसित भएकी हुन् ।

उनि शरीरका पुरै भागमा घाउ नै घाउ देखिएपछि अस्पताल भर्ना भएकी छन् । कुवेतको आदान अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी उनि अवैधानिक भएकाले उपचारमा समस्या भएको छ ।

उपचार पश्चात् स्वास्थ्य अवस्था केही सुधारोन्मुख हुदै गए पनि आर्थिक अभाबले अस्पतालको उपचार खर्च तिर्न नसक्दा समस्यामा परेकी छन् ।

दैनिक कुवेती १० केडीको दरले बेडको खर्च बुझाउनु पर्छ, अहिले सम्म त उनिसंग भएको रकम बुझाएका छौ, अझै कति दिन राख्नु पर्ने हो थाहा छैन भएको सबै पैसा सकियो अब उनको उपचार कसरि गर्ने हो भन्ने समस्याले सताउन थालेको सलिनाकी साथी आशु बस्नेतले बताईन् ।

आदान अस्पतालको आकस्मिक कक्षको चौथों तलाको १५ नम्बर बेडमा उपचार गराई रहेकी लिम्बुले सबै नेपालीमाझ सहयोगको अपिल गरेकी छन् ।

घरेलु कामदारक रुपमा कुवेत आएकी लिम्बु स्पोन्सरको घरबाट भागेर गैरकानुनी रुपमा बस्दै आएकी छिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger