Latest Updates :

फ्यानहरुले घेरेपछि रणवीर बने दीपिकाको ‘बडीगार्ड’

SHARE THIS POST :
रणवीर सिंह र दीपिका पादुकोण इटलीमा विवाह बन्धनमा बाँधिएपश्चात मुम्बई फर्केका छन् ।
तर जब उनीहरु मुम्बई एयरपोर्टबाट बाहिर निस्क्न थाले, फ्यानहरु र मिडियाको ठूलो भीडले उनीहरुलाई घेरे ।यस्तोमा भीडबाट दीपिकालाई बचाउँदै रणवीर सिंह ‘प्रोटेक्टिव हसब्यान्ड’को रोलमा देखिए ।
एयरपोर्टमा जम्मा भएको भीड़बाट रणवीर र दीपिकालाई सुरक्षित निकाल्न पहिला त सेक्युरिटी गार्डले उनीहरुलाई घेरामा लिए, तर जब भीड़ बढन थाल्यो अनि रणवीर आफैँ दीपिकाको ‘बडीगार्ड’ बन्दै उनलाई सुरक्षा घेरामा लिए ।
एयरपोर्टमा रणवीरको यो व्यवहार देखेर फ्यानहरु निकै खुशी देखिन्थे । यी तस्बिरहरु सोसल मिडियामा भाइरल हुँदैछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger