Latest Updates :

राष्ट्रपतिलाई रेखाको यस्तो कटाक्ष : १८ करोडको गाडीले देशलाई के देला राष्ट्रपतिज्यू?

SHARE THIS POST :
काठमाण्डौ , राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।धेरैले यसलाई फजुल खर्च र देश सुहाउँदो नभएको टिप्पणी गरेका छन्।

यही मेसोमा अभिनेत्री रेखा थापाले फेसबुकमा कटाक्ष गर्दै गाडी खरिदको विरोध गरेकी छन्।फेसबुकमा उनले ‘कुरा १८ करोडको गाडीको होइन। तर यो लगानीले देशलाई के देला?’ भनेर प्रश्न गरेकी छन्।फेसबुकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र एक आधुनिक गाडीसहितको फोटो पोस्ट गर्दै रेखाले प्रश्न गरेकी हुन्।

फेसबुकमा उनले लेखेकी छिन्, ‘कुरा १८ करोडको गाडीको होइन यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई तर अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त? यो लगानीले देशलाई के दिन्छ?’रेखा को स्टाटस मा कमेन्ट गर्दै
योगी अविनाथ लेख्छन ‘राष्ट्रमा आफ्नो अस्तित्व खोजी रहेका, सुरक्षा खोजी रहेका र सम्मान खोजी रहेका नेपाली नारिका लागि पछाडी धकेल्नका लागि नैतिक रुपमा यो निकै ठूलो धक्का हो । नारिको अस्मिता र उत्पिडन माथिको मजाक जस्तै भयो । एउटा नारिले सम्मान र शुख पाउँदा आधी आकास ढाक्ने नारी सन्तुष्ट हुने अबस्था छ र ?’

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger