Latest Updates :

श्रीमान कतारमा, यता राती घरको ढोका खुल्लै राख्नु भनेको नमानेपछि देवरले भाउजुलाई

SHARE THIS POST :
देवतालाई ढोका बन्द गरेर भित्र पस्न नदिएको भन्दै देवरले भाउजुलाई निर्धात कुटपिट गर्नुका साथै घरमा आगो लगाइ दिएका छन् ।लक्ष्मीनिया गाउँपालिका- २ की परमशिला यादवमाथि उनका आफ्नै देवर विपिन यादवले निर्घात कुटपिटपछि घरमा आगजनी गरेका हुन् ।

विपनले दाईको घरमा आगो लगाइ दिएपछि लाखाैंको सम्पत्ति जलेर नष्ट भएको छ । विपिनले शनिबार राति घरमा कुलदेवताको पूजा (बैसकी) गरेका थिए । त्यतिबेला उनले भाउजु परमशिलालाई घरको मुलढोका खुल्ला राख्न भनेका थिए ।
तर परमशिलाले श्रीमान घरमा नभएको ढोका खुल्ला राख्न नमानेपछि घरको देवतालाई थुनेर राखेको भन्दै विपिनले परमशिलामाथि निर्घाट कुटपिट गरेको स्थानीयको भनाई छ । परमशिलाको श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले घरायसी विवादमा झगडा भएको खबर पाएपछि घटनास्थल पुगेर विपिनलाई नियन्त्रणमा लिएको जानकारी दिए । घरमा आगो लगाएको बारे समेत अनुसन्धान भइरहेको कुशवाहाले जानएका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger