उक्त जीप दुर्घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर छ । घाइते चारै जनाको उपचारका लागि सुर्खेत पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी गराए अनुसार यस जीप दुर्घटनामा ३० वर्षीय निर्मल बम, जीप चालक रमेश शाही, रत्ना शाही र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको हो ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसोत, अन्य दुई जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी गराए । यस जीप दुर्घटनाको कारण अझैं खुलेको छैन ।
Post a Comment