Latest Updates :

विहे भएको ११ दिनमै नायिका थापाको दुर्घटनामा ज्यान गयो

SHARE THIS POST :
मगर चलचित्र लर्फु का नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ । बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया रुपाको आज ज्यान गएको हो ।दुर्घटनामा उनका श्रीमान २७ वर्षीय महेश पुन गम्भीर घाइते भएकाा छन् । उनीहरुको विहे २ हप्ता अगाडी मात्र भएको थियो ।मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गरेकी छीन् । उनले पाल्पाका विभिन्न एफएम रेडियोमा समेत प्रस्तोतामा रुपमा काम गर्दै थिइन् ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू चढेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिएको थियो ।

घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते थापाका श्रीमान महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मगर विद्यार्थी संघ पाल्पाकी पूर्वअध्यक्ष समेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम पछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger