क्षमताभन्दा बढी यात्रु बोकेको लु १ ख ८४५४ नम्वरको बस आइतबार बिहान करिब ५ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रुले बस खचाखच भरिएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। बसका चालक निदाएका कारण बिहान बस राजमार्गमै पल्टिएर प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
Post a Comment