हालै एक भिडियो अन्तर्वार्तामार्फत अभिनेत्री बेनिशा हमालले ७ वर्षअघि भएको यौन दुर्व्यवहार बारे बोलिन्। मि टु मुभमेन्टको सन्दर्भमा उनले बैँकका सिइओकोतर्फबाट नगरकोट घुम्न जाने प्रस्ताव आएको बताएकी थिइन्। प्रस्ताव लिएर आउने बैंकका मिडिया संयोजकलाई त्यति नै खेर चड्कन लगाएको पनि बताएकी थिइन्।
भिडियोमा उनले ती संयोजक, बैंक अनि सिइओबारे केही बोलेकी छैनन्। तर, उनले मिडिया संयोजकको नाम पहिलोपोस्टलाई बताइन्। उनका अनुसार त्यो प्रस्ताव लिएर आउने मिडिया हबका हरि सुवेदी हुन्। उनले भनिन्, ‘मैले आफ्नो कुरा बेठीक होइन भन्ने प्रमाणित गर्नु थियो। किनकि नाम नभन्दा धेरैले प्रश्न गरे।‘ बेनिशाले त्यतिखेर भर्टेक्स एड एजेन्सीका तर्फबाट सिटिजन्स बैंकका लागि फोटोसुट गराएकी थिइन्। बेनिशाले गरीन् बैंक म्यानेजरको पर्दाफास, प्रियंकाले हानिन थप्पड…हेर्नुहोस् भिडियो
Post a Comment