रिपोर्टको अनुसार लीसेस्टर विश्वविद्यालयमा विद्यार्थीहरुलाई पढाएपछि सोही विश्वविद्यालयले आफ्नो डिग्री पढिरहेका र उनलाई सबैभन्दा कम उमेरको छात्र र विश्वैमा सबैभन्दा कम उमेरका प्रोफेसरको रुपमा उपनाम दिइएको हो ।
यास्लाले गर्वका साथ भनेका छन्,‘यो वर्ष मेरो जीवनको सबैभन्दा राम्रो वर्ष हो । मलाई यो जागिर मिल्नाले अरु विद्यार्थीहरुलाई सहयोग गर्न अवसर मिल्नेछ ।’
सन् २०१४ मा उनी राज्य प्राथमिक विद्यालय गएका थिए । हाल उनी डिग्रीको अन्तिम वर्षमा रहेका छन् । डिग्रीसकेपछि उनी पिएचडीको तयारीमा जुट्ने बताएका छन् । उनको परिवारले उनलाई मानव क्याल्कुलेटर भन्ने गर्छन् । उनीसँग गणितको अविश्वशनिय ज्ञान भएका कारण उनलाई मानव क्याल्कुलेटर भनिएको हो ।
१३ वर्षको उमेरमा उनले विश्वविद्यालयको सम्पर्कमा आएका थिए ।
उनी गणितका जटिलभन्दा जटिल समस्याहरु क्षणभरमा नै सुल्झाइदिने गर्छन् । उनी विश्वकै यस्ता भव्य क्षमता भएका एक व्यक्ति हुन् । उनी आफ्नो उपलब्धिलाई लिएर विश्वविद्यालयलको प्यानलसँग भेट्न गएका थिए । उनलेआफ्नो उपलब्धि मुस्लिम समुदायमात्र नभइ सबैका लागि भएको बताएका छन् ।
Post a Comment