महानगरीय अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो । स्याङ्जाको हरिनाथ गाउँपालिका–६ घर भएर काठमाडौंको कागेश्वरी बस्दै आएका मानन्धरविरुद्ध विद्युतीय अपराध तथा कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाए ।
पत्रकारिताका नाममा कलंकित काम गर्ने सम्पादक मानन्धरलाई बिद्युतीय कारोवार ऐनअनुसार कार्वाही अघि बढाइएको भन्दै महाशाखाले उनकै जस्तो भ्रमपुर्ण समाचारप्रकाशन वा प्रशारण नगर्न सवैलाई अपिल पनि गरेको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यको बिषयमा आपत्तिजनक समाचार दिने अन्य कथित अनलाइनका सम्पादकको खोजी पनि तीब्र पारिएको प्रहरीले जनाएको छ । करिव आधादर्जन अनलाइनले पत्रकारिता पेशामै कालो धब्बा पोत्दै आपत्तिजनक समाचार दिएका थिए ।
‘प्रहरी मेरो साथी’ लक्ष्यसहितको स्लगन नेपाल प्रहरीका प्रत्येक इकाईमा छन् । यो स्लगनमात्र होइन, प्रहरीले साथ पाए काम गरेर देखाउनसक्ने परिणामका तीन शव्द साबित हुन थालेको छ । यसको महत्वलाई महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरजप्रताप सिंहको नेतृत्वको टोलीले स्थापित गरेको छ ।
गहिरो अनुसन्धानपछि परिणाम दिने लयमा एसएसपी सिंहको कमान्ड सक्रिय बनेको छ । ठगी, हत्या र बैंकिङ कसुरका मुुद्दामा महाशाखाले सक्रियताका साथ कामलाई अघि बढाएको छ । अपहरण, फिरौति माग गर्ने तथा अपहरणपछि हत्या गर्ने समूहलाई सिंहको टोलीले ठाउँको ठाउँ परिणाम दिन थालेपछि अपराध महाशाखाको चर्चा चल्न थालेको छ ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख हुँदा भएका कामको गति त्यसपछिका कार्यकालमा तिव्रताका साथ हुन सकेका थिएनन् । केही काम भए पनि साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डले महाशाखालाई बद्नाम गराएको थियो । उक्त साखलाई सिंहको नेतृत्वले उठाउनेमात्र होइन दौडाउन थालेको केही समयमा भएका ठूला सफलताले पुष्टी गरेको छ ।
सुरक्षा सम्बन्धी तालिमका ज्ञाता टोनी ब्लाउरले ‘तिमी कति गर्न सक्छौ भन्ने तिमिलाई कामको प्रयत्न गरेपछि मात्र थाहा हुन्छ’ भनेजस्तै महाशाखालाई चलायमान बनाएका सिंहले फटाफट परिणाम दिन थालेपछि प्रहरीको क्षमताको पुष्टी हुन थालेको हो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको सन्दर्भले आलोचित भइरहेको संगठनलाई भने विभिन्न ठूला र साना अपराधका अभियुक्त पक्राउ र कारबाहीका प्रक्रियामा महाशाखाको सक्रियताले आलोचनामुक्त हुने ठाउँ दिएको छ ।
सिंहले धैर्यता र मिहिन ढंगले अपराध अनुसन्धानको कामलाई अघि बढाउँदा महाशाखालाई ठूला सफलता मिल्न थालेका हुन् । पछिल्लो पटक तत्कालिन निर्माण व्यावसायी संघका अध्यक्ष शरद गौचनका मुख्य हत्यारा पक्राउमा पनि सिंहको टिमको धैर्यतासहितको सफल अनुसन्धानले काम गरेको हो ।
गौचन हत्याका ‘सार्पसुटर’सहित तीन अभियुक्तलाई महाशाखाले एक वर्षपछि पक्राउ गर्यो । प्रहरीले भारतसँग सीमा जोडिएको पूर्वी नेपालको काँकडभिट्टाबाट अभियुक्त पक्राउ गरेको दाबी गरेको छ । तर, जानकारहरूका अनुसार ति सूटरलाई भारतको दार्जिलिङलगायतका क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो ।
उदयपुर रौता–५ का ३१ वर्षीय अम्बरबहादुर राना मगर, झापा बिर्तामोड–५ शनिअर्जुनका ४० वर्षीय लोप्साङ भनिने सोम तामाङ, नागार्जुन–४ काठमाडौंका २६ वर्षीय रोशन बुढाथोकीलाई महाशाखाले पक्राउ गरेको थियो । अहिले पनि उनीहरू ‘हाइ प्रोफाइल मर्डर’को योजना बनाइरहेको महाशाखाले अनुसन्धानका क्रममा फेला पारेको थियो । ‘खोजीको काम हामीले जारी राखेका थियौं, अर्को अपराधको तयारी गरेको पनि खुल्न आएको छ’, सिंह भन्छन्,‘तर कानुनअनुसार कारबाहीको चरणमा हामीले पुुराएका छौं ।’
गौचनलाई गोली हान्ने अम्बरबहादुर ‘सार्प सुटर’ थिए । अनुसार रोशनले हाँकेको मोटरसाइकल पछाडि बसेर अम्बरबहादुरले गौचनमाथि गोली प्रहार गरेका थिए । अम्बरबहादुर उनी नेपाली सेनाका भगौडा हवल्दार हुन् । गौचनको २३ असोज ०७४ मा बानेश्वरस्थित प्रयाग मार्गमा हत्या भएको थियो ।
महाशाखा प्रमुख एसएसपी सिंहले पत्रकार सम्मेलनमै यो गिरोहले केही महिनामै हाइप्रोफाइल हत्या गर्ने योजना बनाएको तथ्य भेटिएको बताएका थिए । ‘अब ठूलो दूर्घटना टरेको छ । यीनका अन्य सहयोगीबारे पनि जानकारी लिने काम भइरहेको छ’, उनी भन्छन्,‘अपराधविरुद्ध महाशाखा खरो भएर लागिरहेको छ ।’
सिंहको नेतृत्वको टोलीले चर्चित हत्याकाण्डहरू टुंगो लगाउने हिसाबले गहन अनुसन्धानमा सफलता हात पारिरहेको छ ।
१४ वर्ष अगाडि रानीबारीमा भएको हत्याकाण्डको दोषीलाई यहि साता महाशाखाले पक्राउ गरेको थियो । चितवनको कठार गाविस वडा नं. ४ घर भई रानीबारीमा डेरा गरी बस्ने जीवन लोहनीलाई बागलुङ स्थायी घर भएका हिक्मत हमालले हत्या गरेका थिए ।
हमालले ११ माघ २०६१ सालमा लोहनीको सामाखुसीमा हत्या गरी फरार थिए, हमाल । बागलुङ जिल्लाको देवीस्थान गाविस वडा नं. २ स्थायी घर गंगा हमालका छोरा ३७ वर्षीय हिक्मत हमाललाई प्रहरीले दशैँको टीकाको अर्को दिन कात्तिक ३ गते मध्यान्ह १२ बजे सामाखुसीबाट पक्राउ गरेको थियो । हमालले पछिल्लो समय काठमाडौंमा ठेक्कापट्टाको काम गर्दै आएका थिए ।
यी मात्र सफलता होइनन् । महाशाखाले बैंकिङ ठगी र कसुरका साना ठूला घटनाका दोषी पक्राउ गरी कानुनी दायरामा ल्याएर नतिजा दिइरहेको छ । त्यसमध्येको चर्चित घटना थियो– किस्ट बैंकका नाममा भएको ठगी ।
बैंकिङ कसुरमा अदालतले दोषी ठहर गरेपछि फरार सूचीमा रहेका तत्कालिन किस्ट बैंकका प्रमुख प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई पनि पक्राउ गरी महाशाखाले थुनामा पठाइसकेको छ । महेन्द्रनगरबाट उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । तर, महाशाखाको विशेष टोलीले उनलाई भारतबाटै झिकाएको बताइन्छ ।
सिंह भन्छन् ‘खोजी सूचीमा रहेका ज्ञवाली लामो समयदेखि फरार थिए । हामीले उनलाई महेन्द्रनगरबाट पक्राउ गरेका हौं ।’
राष्ट्र बैंकले बैंकिङ कसुरमा दोषी ठहर गरेका ज्ञवालीलाई ४ बर्ष जेल र साढे ४ करोड विगो तोकिएको थियो । ०७२ सालदेखि उनी फरार थिए । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चाल पनि रहेका ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको थियो । १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।
जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले २०७३ सालमा ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गरेको थियो । उनी फरार थिए ।
प्रहरीको कर्तव्यलाई निर्भिकताका साथमात्र होइन, जनतालाई सन्तुष्ट हुनेगरी पनि सिंह नेतृत्वको महाशाखाले काम गरेको थियो । भक्तपुरमा बालक अपहरणगरी हत्या गर्ने समूहले गोली चलाउने क्रममा भएको इन्काउन्टर होस् अथवा विभिन्न ठूला ठाउँमा जागिर लगाउँछु भनेर करोडौं ठगी गर्ने व्यक्ति । पक्राउ गरी कारबाहीका प्रक्रिया अघि बढाइरहेका छन्, सिंह ।
सिंह नेतृत्वको महाशाखाले ‘प्रहरी समाजमा नीति र थितीलाई बसाल्ने र जोगाउने काममा सक्रिय हुनुपर्छ’ भन्ने मान्यतालाई स्थापित गराउन नै अब्बल हुँदै गएको छ । यसैले उनको धैर्यताको कामले असल परिणाम दिइरहेको प्रष्टीरहेको छ
Post a Comment