Latest Updates :

आजबाट दशैं सुरु, हनुमानढोकाको दशैंघरमा राखियो जमरा

SHARE THIS POST :
काठमाडौँ। आज घटस्थापना, दशैको पहिलो दिन। नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ। विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यता संगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले  लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ।

 यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ। घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ। आज बिहान सवा ७ बजेको उत्तम साइतमा हनुमानढोकाको दशैंघरमा घटस्थापना गरी जमरा राखिएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger