बस नयाँबसपार्कबाट गोंगबु चोक, गल्कोपाखा चोक, लैनचौर, केशरमहल, जमल, तीनधारा पाठशाला, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर हुँदै सिनामंगल पुग्नेछन् । यस्तै फर्कंदा सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, शहिदगेट, जमल, लैनचौर, गल्कोपाखा चोक, गोंगबु चोक हुँदै नयाँ बसपार्क पुग्नेछन् । १० किलोमिटरको यो रुटमा जाम नभएको खण्डमा आधा घण्टामा बस गन्तव्यमा पुगिसक्ने प्रालिले जनाएको छ ।
५० यात्रु क्षमताको उक्त बसमा २४ वटा सिट छन् । अपाङ्ग मैत्री यी बसमा एउटा ह्विलचियर बेस पनि छ । यात्रुहरुले विद्युत्तीय कार्डबाट पनि भाडा तिर्न सक्ने व्यवस्था गरिएको छ । गाडी कहाँ पुग्यो भनेर थाहा पाउन मोबाइल एप्स प्रयोग गरिने सकिने कम्पनीले जनाएको छ ।
यस्तै यी गाडीहरुमा सीसीटीभी र ट्राफिक सेन्सर पनि जडान गरिएका छन् । नयाँ बसपार्कदेखि सिनामंगल पुग्नसम्म जम्मा २९ वटा बस स्टपमा गाडी रोकिने कम्पनीको भनाई छ । यो रुटमा बढीमा २५ रुपैयाँसम्म भाडा पर्ने जनाइएको छ । यस रुटमा चल्दै आएका ७१ वटा माइक्रो तथा ट्याम्पोहरु विस्थापन गरेर यी बस चलाउने निर्णय यातायात व्यवस्था विभागले गरेको हो ।
Post a Comment