बलात्कारीलाई सार्वजनिक गरी कारबाही माग गर्दै शुरु भएको आन्दोलन चर्किदै गएपछि गृह मन्त्रालयले कञ्चनपुर प्रहरी प्रमुखलाई केही दिनका लागि जिम्मेवारीबाट मुक्त गरेको हो ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अभियुक्त पक्राउ नपुरुन्जेलसम्मका लागि बिष्टलाई जिम्मेवारीबाट मुक्त गरिएको गृह मन्त्रालयले स्रोतले जनाएको छ ।
निर्मला पन्त हत्या प्रकरणका ‘वास्तविक अभियुक्त’ पक्राउ नपरुन्जेलसम्मका लागि कञ्चनपुर प्रहरीको जिम्मेवारी प्रदेश नम्बर ७ को प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले सम्हाल्ने छन् ।
७ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुरज केसीले एसएसपी चन्दलाई घटनाको अनुसन्धानमा नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको जानकारी दिए ।
फेरी घट्यो अर्को डरलाग्दो घट्ना: धम्क्याउदै खाली घरमा लगी किशोरीको सामुहिक बलात्कार
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक किशोरीको सामूहिक बलात्कार भएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोप एक युवकलाई पक्राउ गरेको छ भने एक फरार छन्।
पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला ५ का २३ वर्षीय कमल थोप्रा लिम्बु रहेका छन्। घटनामा संलग्न अर्का फरार अभियुक्तको खोजी भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
पीडित परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार कमलसहित उनको साथी मिलेर मंगलवार बिहान किशोरीलाई धम्क्याएर नजिकैको एक खाली घरमा लगी जबरजस्ती करणी गरेका थिए।
पीडित परिवारको उजुरीपछि प्रहरी चौकी साँघुबाट खटिएको टोलीले प्रतिवादी मध्येका कमललाई पक्राउ गरेको र फरार रहेका अर्का प्रतिवादीको खोजतलास भइरहेको डिएसपी बस्नेतले बताए।
Post a Comment