Latest Updates :

अब अन्त्येष्टि संस्कार कति दिन ? सनातन विद्वत् परिषद् नेपाल स्थापना

SHARE THIS POST :
काठमाडौं । मृत्यु पश्चात गरिने संस्कार कति दिनको हुने भन्ने विषयमा विभिन्न तर्क आइरहेका बेला सनातन विद्वत् परिषद् नेपाल स्थापना गरिएको छ । अन्त्येष्टि संस्कार १३, सात वा पाँचदिनको मान्ने विषयमा भ्रम हुन थालेपछि शास्त्रीय व्याख्या गर्न परिषद् गठन गरिएको हो । उक्त परिषदमा वेद, इतिहास, पुराण, संस्कृति, दर्शन, धर्मशास्त्र, ज्योतिष, तन्त्र र कर्मकाण्ड आदि विषयका विद्वान् छन्।

अन्त्येष्टि संस्कारका बारेमा भ्रम फैलाउने समूह शास्त्रार्थ गर्न तयार हुनुपर्ने जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले हिमवत् खण्डमा विकास भएको संस्कृति र संस्कार समाप्त गर्ने उद्देश्यले अन्त्येष्टिबारे भ्रम फैलाएको जिकीर गरे ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा विद्यानाथ भट्टले सनातन धर्मावलम्बीका १६ संस्कारमध्ये लोप भएर पाँच मात्र सीमित भएका बेला त्यसलाई पनि लोप गराउने षड्यन्त्र भइरहेको बताएका छन् ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger