Latest Updates :

कान्छी बुहारी विनाको छोरा नलगी जेठी बुहारी सृजनापटिका नाति लिएर प्रचण्ड र्‍याफ्टिङ गर्न चितवन पुगे

SHARE THIS POST :
काठमाडौं । नेपाल कम्यसनिष्ट पार्टी नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर र्‍याफ्टिङ गरेका छन् । राजनीतिक तनाव मुक्त तथा पारिवारिक पीडा भुल्ने प्रयास स्वरुप प्रचण्डले पारिवारिक सदस्यसहित र्‍याफ्टिङ गरेका हुन् । शनिबार चितवन पुगेका प्रचण्डले पर्यटन प्रर्वद्धनका लागि अवलोकन गर्न भन्दै सपरिवार भरतपुर महानगरपालिकाको मेघौली गोलाघाट पुगे । त्यसपछि पत्नी सीतासहित छोरी रेणु दाहाल, नाति प्रसिद्ध र भाइ नारायण दाहालसहित प्रचण्डले र्‍याफ्टिङ गरेको तस्विर सार्वजनिक भएका छन् ।

प्रचण्ड चितवनका निर्वाचित सांसद् हुन् भने रेणु भरतपुर महानगरकी मेयर हुन् । सिंगापुरमा दुईसाता बसेर उपचार गरी फर्केकी सीता दाहाल र प्रचण्डले नाति प्रसिद्धसँग फोटो समेत खिचेका छन् । प्रसिद्ध प्रकाश दाहालकी दोस्री श्रीमती सृजनापटिका नाति हुन् । विना मगरका तर्फबाट अर्का नाति प्रणव छन् ।

तर, प्रचण्डले र्या‍फ्टिङ गरेको सार्वजनिक फोटोमा प्रणव देखिँदैनन् । यसर्थ उनी हजुर बुवा प्रचण्डसँग चितवन गएको देखिँदैन् । उनलाई चितवन लगे नलगेकोबारेमा प्रचण्डको सचिवालयले केही बताएको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger