Latest Updates :

नेपालको हिमतालको पानी अब अमेरिका अष्ट्रेलिया पुग्ने भयो, यस्तो छ सरकारको योजना

SHARE THIS POST :
नेपालमा रहेका हिमतालको पानी विदेशका सहर सहर पु¥याउने लक्ष्य नेपाल सरकारले लिएको छ । नेपालमा धेरै हिमताल रहेको भन्दै हिमतालको पानी विदेशका सहर सहर सम्म लैजान पर्ने लक्ष्य सरकारले लिएको हो । खानेपानीमन्त्री बीना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने तयारी भइरहेको जानकारी दिइन् ।

आज पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मगरले हिमनदीको पानी बेच्ने योजनाको बारेमा जानकारी दिएकी छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा निर्मित शवदाहगृह तथा शौचालय समुदायलाई हन्तान्तरण गरीएकाो छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्रीले सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी खुवाउन सरकार प्रत्यत्नशील रहेको उल्लेख गरिन् । नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाबारे अध्ययन गरिरहेको बताउँदै उनले ‘एभरेस्ट वाटर’को नामबाट पानीलाई विश्वबजारमा पु¥याइने बताइन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger