Latest Updates :

जेल परेका र मृत्यु भएका आफ्ना नागरिक खोज्दै नेपाली दूतावास

SHARE THIS POST :
काठमाडौँ । अष्ट्रेलियामा रहेका नेपाली दूतावासले त्यहाँ जेल परेका र मृत्यु भएका नेपालीहरुको खोजी गर्न थालेको छ । अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी गर्न सबै अवैतनिक दुतहरुलाई निर्देशन जारी गरेर सुचना संकलन गर्न निर्देशन दिएको दूतावासले सबैलाई औपचारिक इमेलमार्फत स्थानीय संघसंस्थाहरुसँग समन्वय गरेर सबै नेपालीहरुको जानकारी र सुचना एक सातासम्ममा दिनका लािग अवैतनिक वाणिज्यदुतावासहरुलाई निर्देशन दिएको हो ।

मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका र उद्धार अथवा नेपाल फिर्तीका लागि सहयोग आवश्यक भएका कुनै नेपालीहरु भए सूचना दिन दूतावासले भनेको छ । अष्ट्रेलियामा रहेका विद्यार्थीहरुका साथै विभिन्न संघसंस्थाहरुले नेपालीहरुको विभिन्न तथ्यांकहरु राख्न गरेको आग्रहलाई ध्यानमा राखेर अवैतनिक वाणिज्यदुतावासका साथै सबै संघसंस्थाहरुसँग सूचनाका लागि आग्रह गरिएको दूतावासले जनाएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger