Latest Updates :

भदौं २२ मा रिलिज नहुने भयो 'सुश्री सम्पति', अब यो मितिमा रिजिल हुनेछ

SHARE THIS POST :
काठमाडौँ। फिल्म 'सुश्री सम्पति' मङ्सिर २८ मा रिलिज हुने भएको छ। भाद्र २२ मा रिलिज गर्ने सोच अनुसार पोस्ट प्रोडक्सनको कामलाई अगाडी बढाएता पनि केहि प्राविधिक कारणले गर्दा फिल्मले रिलिज डेटलाई पछाडी सारेको बताइएको छ।

केहि समय अगाडी मात्र ’हुकुम’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले रिलिज डेट केहि दिनमा घोषणा गर्ने बताएको थियो। रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको 'सुश्री सम्पत्ति' को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्।

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ। फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ। फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन्।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger