इराकको इतिहास किनै शानदार थियो। बेबीलोन सभ्याता इराकबाटै सुरु भएको थियो। त्यो बेला वास्तुकलाको क्षेत्रमा निकै सुन्दर काम भएका थिए। ठूलो ठूलो शानदार महल बनाइए। तर समयक्रम सँगै यी भवन जर्जर भए। जुन खण्डोहर बाँकी छन्, तिनले पनि त्यो बेलाको शानलाई बयान गर्छन्।
सद्दाम हुसेनलाई त्यतिबेलाका राजा महाराजाको शान र भव्यताको प्रमाण ती भवन वा महल हुन्छन् भन्ने लाग्थ्यो। शायद यही कारणले होला सद्दामले आफ्नो महल निकै आलीशान बनाएका थिए। यद्यपी सद्दामका पतनपछि इराकका अन्य महलजस्तै सद्दामको महलपनि खण्डहरमा परिणत भइसकेको छ। आज ती सद्दामको खण्डहरमा परिणत भएका महलमा बच्चा क्रिकेट खेल्छन्। तर ती महलको वास्तुकला र बगैंचा हेर्दा महलको भव्यता अनुमान गर्न सकिन्छ।
इराकको समृद्धि पुराताक्विक विरासत
महलमा सद्दाम हुसेनको कोठाको बालकोनीबाट अर्को एक खण्डहर देखिन्छ। जुन करिव साढे दुई हजार वर्ष पहिलाको बेबीलोन सभ्यताको प्रमाण हो। सद्दाम हुसेनको महलबाट यो विचि त्रको खण्डहरको दृष्य देखिने संयोग होइन। यो प्राचीन महलमा आउने व्यक्तिले त्यहाँ उभिएर जब सद्दाम हुसेनको महल हेर्थे तव उनीहरुलाई लाग्थ्यो आफूहरु कुनै ठूला शासकको विरासतलाई हेरिरहेका छौं। जुन शताब्दऔं सम्म यस्तै भइरहनेछ!
प्राचीन खण्डहरलाई आफ्नो उद्देश्यकालागि प्रयोग गर्ने सद्दाम एकमात्र शासक थिएनन्। सद्दाम भन्दा पहिला यो काम हिटलर मुसोलिनीले पनि गरेका थिए। यी दुवै शासकले आधुनिक युगमा आफ्नो क्रुर विचारधारा थोपर्नकालागि प्राचीन खण्डहरको प्रयोग गरेका थिए। यी खण्डहरुमार्फत उनीहरुले आफूहरुको इतिहास यस्तै शान र भव्यतापूर्ण रहेको सावित गर्ने कोशिश गरे। र, आगामी दिनमा पनि यस्तै रहनेछ भन्ने देखाउन खोजे।
यी प्राचीन खण्डहर भत्किएका र केवल माटोको थुर्पो मात्र होइन, यी खण्डहरसँग धेरै मनगढन्ते कहानी र किस्सा जोडिएका छन्। सद्दामले ती कहानी र किस्सालाई झ्न प्रचार गर्ने काम गरे।
पुरातात्विक विरासतका मामिलामा इराक सबैभन्दा धनी मुलुक हो। दजला र फरात उपत्यकामा विश्वको पहिलो शहरका केही खण्डहर आज पनि छन्। उरुक, उर, बेबेलोन र नीनवे तिनै शहरमध्येका हुन्। औपनिवेशिक शक्तिले यी खण्डहरका धेरै कलाकृतिलाई लुटे। र, ती कलाकृतिलाई आफ्नो देशको संग्राहलको शान बनाएर राखे। १९ औं शताब्दीमा नीनवे शहरको असीरियन नक्काशीलाई बेलायतको सामान्य संग्राहलयमा राखिएको छ। यसैगरी बेबीलोन शहरको इष्टर गेटको धेरैजसो टायल निकालेर बर्लिनको परगेमन संग्राहलयको ढोकामा जडान गरे।
तर, जब इराकमा सद्दाम हुसेनका राज सुरु भयो तब, उनले यी खण्डहरको प्रयोग इराकी प्रभुत्वलाई फेरि कायम गर्नकालागि गरे। १९६८ मा सत्तामा आएपछि सद्दामले पुरातत्वविदसँग भेटवार्ता गरे। र योजना अनुसार काम गर्न सुरु गरे। एन्टीक्विटी विभागको बजेट ८० प्रतिशतसम्म बढाए। पुरातात्विक शहर नीनवे, हतरा, उर, निमरुद, सामारा, अकर, कुफ र क्टेसीफनमा ठूलो मात्रामा निर्माण र पुराना भवनको मर्मतको काम सुरु गरे।
तर, सद्दामको धेरै चासो भने बेबीलोन शहरमा थियो। बेबीलोन छैटौं शताब्दी इसा पूर्वदेखि १८ औं शताब्दी ईसा पूर्वसम्म क्षेत्रफल र जनसंख्याका हिसावले विश्वको सबैभन्दा ठूलो शहर थियो। यहाँ करिव दुई लाख मानिस बसोबास गर्दथे। चौथो शताब्दी ईसा पूर्वमा सिकंन्दरले यो माथि कब्जा जमाएको थियो। तर सातौं शताब्दीमा जब अबरले यसमा कब्जा जमायो त यी भवन खण्डहरमा परिणत भए।
सद्दाम पुराना बस्तुको अवशेष इराकको शक्ति भएको मान्थे। यही मार्फत इराकले मानव इतिहासमा कति धेरै योगदान दिएको छ भन्ने कुरा विश्वले बुझ्छ भन्ने सद्दामले ठानेका थिए।
बेबीलोनको खण्डहरसँग सद्दामको खास लगाव थियो। यसै कारण यो प्राचीन शहरको खण्डहरको संरक्षणकालागि लाखौं डलर खर्च गरेर करिव ३८ फिट अग्लो भवन बनाए। यसका लागि सद्दामले विश्वका धेरै पुरातत्वविदको विरोधको सामनासमेत गर्नुपर्यो। सद्दाममाथि बेबीलोन शहरलाई ‘ डिजनी फर ए डेस्पाट’ मा परिणत गरेको आरोप लाग्यो। बेबीलोनका भवनमा प्रयोग भएका इँट्टामा तत्कालीन शासक नबुकदनस्सरको नाम लेखिएको थियो। यसैगरी नयाँ भवनमा प्रयोग हुने इँट्टामा सद्दामले आफ्नो नाम लेख्न लगाएका थिए।
तानाशाही शासन कालमा सबैजसो ठूला भवनमा खुलेका थियेटर अभिन्न भाग हुन्थे। १९८१ मा सद्दाम हुसेनले इरानमाथि आक्रमण गरेको खुशी बेबीलोनको थियेटरमा बनाएका थिए। सरकारी अधिकारीहरुले सद्दामको शानमा नारा लगाए ‘हिजो नबुकदनेस्सर थिए आज सद्दाम छन्’। बगदादमा इष्टर गेटमा काठको शालिक पनि बनाए। १९८८ मा यहाँ एक समारोहको आयोजना गरियो जसमा कलाकारले नबुकदनेस्सरको भूमिका निर्वाह गर्दै इराकी सांस्कृतिक मन्त्रीलाई एक ब्यानर दिइयो जसमा सद्दामलाई नबूकदनेस्सरको उत्तराधिकारी बताइएको थियो।
वास्तवमा सद्दाम मुसोलिनीको पथमा हिँडेका थिए। २० औं शताब्दीमा इटलीको सरकारले सत्तामा बसिरहन र जनतामाथि दबदबा कायम गरिरहन यहाँको खण्डहरु शक्तिका रुपमा देखिएको थियो। यही पहिचानलाई मुसोलिनीले अर्को पुस्तासम्म लैजान सफल भए। इटलीको धेरैजसो खण्डहर शासक अगस्टसको जमानाका छन्। जसको आफ्नो समयमा निकै दबदबा थियो। जब मुसोलिनी सत्तामा आए तब उनले आफूलाई न्यु आगस्टस भनेर खुबै प्रचार गरे।
फासीवादी विचारधार भएका मुसोलिनी यी प्राचीन भवनमा आफ्नो शक्ति खोज्थे र उनको उद्देश्य भनेको इटलीको पुरानो गौरव फेरि स्थापना गर्नु थियो। तर त्यसमा एउटा समस्या थियो। रोममा यी प्राचीन भवनमा मानिसहरुले आफ्नो घर बनाउन सुरु गरेका थिए। उनीहरुको के मान्यता थियो भने इटली पुरानो ढर्राबाट चल्न सक्दैन अब परिवर्त भएरै छोड्छ।
तर मुसोलिनीले यी सबैको नक्सा परिवर्तन गरिदिए। अगस्टस भवन खाली गराएर उनले फासीवादी पियाज्जा बनाए। मार्सेलस थियेटर नजिकै बनेका कयौं ठूला भवन खाली गराए। दोस्रो विश्वयुद्ध सुरु हुनु केही समय अगाडि १९३८ मा जब हिटलर मुसोलिनीसँग भेट गर्न गए त्यसपछि रोमका भित्तामा रङ पोतियो। हिटलरलाई प्राचीन भवन र खण्डहरप्रति धेरै लगाव थियो।
पल कपुर, बीबीसी कल्चर
Post a Comment