Latest Updates :

पोखरामा बन्यो प्लाष्टिकले सडक, खेर गएका प्लाष्टिकबाट यस्तो सडक बन्छ (भिडियो)

SHARE THIS POST :
फालिएका र प्रयोग नहुने प्लास्टिकबाट पोखरामा पक्की सडक बनाइएको छ ।  पोखराका दुई युवाले भुटानबाट यस्तो सीप सिकेर पोखरामा १ सय मिटर पिच गरेका देखाएका छन् । पोखरा १४ को अनुपम टोलको सडकलाई युवाले प्लास्टिक प्रयोग गरेर सडक पिच गरेका हुन् ।

ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरेका हुन् । कम्पनीले मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिको एक हप्ते तालिम लिन भुटान पठाएको थियो ।

भुटानबाट फर्केपछि उनीहरूले सडक पिच गरेका हुन् । एक सय मिटर सडक पिच गर्न ३ सय केजी प्लास्टिक लागेको कम्पनीका मेकानिकल इन्जिनियर विमल बास्तोलाले जानकारी दिए । यो प्रविधिअनुसार २ हजार ४ सय ७५ केजी अलकत्र खपत भएको र त्यसमा प्लास्टिकको मात्रा १० देखि १५ प्रतिशतसम्म प्रयोग भएको उनले बताए ।

पिच गर्नका प्लास्टिकलाई ससाना टुक्रा पारेर धोएपछि मात्र प्रयोग गरिने बास्तोलाले बताए । प्लास्टिकका बोत्तल, ठूला पाइपबाहेक गुड्कादेखि चाउचाउका खोलसम्म यो प्रविधिअनुसार सडक पिच गर्न प्रयाग गर्न सकिने कम्पनीको भनाई छ ।

प्लास्टिकले वातावरणमा पार्ने प्रभावलाई कम गर्न र यसको वैकल्पिक प्रयोग गर्न पनि पिच निर्माणमा प्रयोग गरेको उनले बताए । प्लास्टिकको प्रयोग गरेर बनाइने यस किसिमको सडकको सुरुवात सन् २००१ मा भारत सुरु भएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger