क्याजुअल साधारण समयमा म प्रायः हल्का खालका कपडा लगाउन रुचाउँछु । टिसर्ट, ट्राउजर अथवा जिन्स एकदम सहज लाग्छ । कार्यक्रममा बाहेक सामान्य रूपमा हिँड्न मनपर्छ । जुत्ता अथवा हिल नभएको साधारण स्लिपर लगाउँछु । क्याजुअल लगाउँदा आफूलाई कम्फर्टेबल फिल गर्छु । गर्मी मौसममा सुतीका टिसर्ट, ट्राउजर बढी लगाउने गरेकी छु ।
विवाहमा साडी विवाह समारोहतिर जाँदा प्रायः हामी नेपाली महिलाले लगाउने पहिरन भनेको साडी हो । साडीमा राम्रो पनि देखिन्छ । नेपाली समाजमा महिलाले साडी लगाएको नै राम्रो मानिन्छ । मैले आफू मात्र भन्दा पनि सामाजिक परिवेशलाई ध्यान दिनुपर्ने हुन्छ । हामीप्रतिको धारणा सकारात्मक बनोस् भन्ने प्रयास हुन्छ । त्यसैले म विवाह तथा पूजा, व्रतबन्धजस्ता समारोहमा जाँदा साडी नै लगाउँछु । त्यहीअनुसार गहना र स्यान्डल मिलाएर लगाउने गरेकी छु । कहिलेकाहीँ लेहेंगा पनि लगाउँछु । नयाँ पत्रिकामा खबर छ ।
पार्टीमा गाउन तथा वानपिस साथीभाइसँगको रमाइलो भेटघाटमा भने वानपिस बढी लगाउने गरेकी छु । त्यस्तै गेटटुगेदर तथा बर्थडे पार्टीहरूमा भने गाउन र वानपिस लगाउन मनपर्छ । यसमा कहिले डिजाइनर ड्रेस हुन्छ भने कहिले रेडिमेड पनि हुन्छ । यस्ता पार्टीहरूमा नाचगान पनि हुने हुँदा सहज ड्रेसमा सजिन मनपर्छ । पार्टीतिर जाँदा यस्तै ड्रेस उचित पनि हुन्छ जस्तो लाग्छ । त्यहीअनुसारको हाई हिल, ब्लक हिल लगाउने गरेकी छु । यस्तो समयमा अलि फेसनेबल बनेर जान्छु ।
Post a Comment