Latest Updates :

थप मुलुकसँग श्रम सम्झौता गर्ने नेपालको पहल

SHARE THIS POST :

काठमाडौँ । घरेलु कामदारका रुपमा महिलाको माग आएपछि कतार, साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स लगायतका देशसँग द्विपक्षीय श्रम सम्झौताका लागि छलफल भइरहेको अधिकारीहरूले बताएका छन्।

ती देशमा महिलालाई घरेलु कामदारको रुपमा पठाउन अहिले प्रतिबन्ध लगाइएको अवस्था छ। श्रम सम्झौता नहुँदा महिलाहरू जोखिम उठाउँदै अवैध रुपमा ती मुलुक जाने गरेको वैदेशिक रोजागरका जानकारहरू बताउँछन्।

द्विपक्षीय श्रम सम्झौता भएपछि केही महिना अघिदेखि नेपाली महिलाहरूलाई घरेलु कामदारको रुपमा जोर्डन जाने बाटो खुल्ला भएको छ। दक्षिण कोरिया भने करिब एक दशकदेखि ईपीएस प्रणालीमार्फत मात्र कामदारहरू जाने गरेका छन्।

इजरेलमा भने वृद्धवृद्धा र अशक्तको हेरचारका निम्ति 'केयर गिभर'को रुपमा गइरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सचिव महेश दाहालका अनुसार श्रम सम्झौता गरी कतार, साउदी अरेबिया, कुवेत लगायत देशमा जान लगाइएको प्रतिबन्ध फुकाउनेबारे छलफल भइरहेको छ।

उनले भने, कतार, साउदी अरेबिया, युएई लगायतका देशले घरेलु कामदारको माग गरेका छन्। यसरी महिलालाई ती मुलुकमा पठाउन दुई देशबीच श्रम सम्झौता वा घरेलु कामदारको सन्दर्भमा छुट्टै सम्झौता गर्नुपर्छ भनेर हामी छलफल गरिरहेका छौँ।

मंगलवार राति भारत हुँदै अवैध रुपमा कुवेत र इराक पठाइन लागिएका १६ जना नेपाली महिलालाई भारतको दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको थियो।

अधिकांश महिला राम्रो कमाइको प्रलोभनमा परेर मानवतस्करीको शिकार हुने गरेको वैदेशिक रोजगार क्षेत्रका जानकारहरू बताउँछन्। कामदार माग भइरहेका देशमा सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने उनीहरूको सुझाव छ।

वैदेशिक रोजगारमा अवैध रुपमा जान लागेका महिलाको उद्धार र पुनर्स्थापनामा संलग्न मञ्जु गुरुङ भन्छिन, कुनै पनि महिला पुरुषसरह सरकारी अभिलेखमा अभिलेखीकरण भएर स-सम्मान रोजगारीका लागि जाने वातावरण सिर्जना गर्नुपर्‍यो।

'अधिकाशं महिला घरेलु कामका लागि जान्छन् र उनीहरू जोखिमपूर्ण रुपमा जाने अवस्था सरकारले नै गरेको छ। यसलाई सम्बोधन गर्नका लागि घरेलु कामदार श्रम सम्झौता गर्नुपर्‍यो।'

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger