एजेन्सी। विश्वका केही यस्ता ठाउँ छन् जहाँ मानिस जाने त कुरै छोडौं, ती स्थानको नाम पनि लिन चाहँदैनन्। यी स्थानमा भुत हुने जनविश्वास छ। त्यही कारण ती स्थानमा मानिस जान डराउँछन्। यस्ता केही स्थान भारतमा पनि छन्। आज हामी भारतका यस्ता ठाउँका बारेमा जानकारी दिन गइरहेका छौं जहाँ भूत रहेको विश्वास गरिन्छ।
भारतको पुणेस्थित शनिवारवाडा किल्लामा भूत रहेको मानिन्छ। जहाँ रात पर्न थालेपछि विचित्रको आवाज सुनिन्छ। सो आवाजलाई धेरै मानिसले सुनिसकेका छन्।
नेपालसँग जोडिएको दार्जिलिङमा एउटा हिल स्टेशन छ, त्यहाँबाट ३२ किलोमिटर टाढा खरसाङमा रहेको डाउ हिल जाने बाटोमा जंगल छ, उक्त जंगलमा प्रेत आत्मा बस्ने गरेको विश्वास गरिन्छ।
दिल्लीको कनाट प्यालेसमा अग्रसेनको बावडी रहेको छ, जहाँ भूतको बास हुने विश्वास गरिन्छ। जहाँ रातको समयमा कसैलाई पनि जाने अनुमति छैन।
दिल्लीकै मेहरौलीमा जमाली कमाली मस्जिदलाई भुताहा घर भनिन्छ। सोही कारण त्यहाँ जान मानिसहरु डराउँछन्। हिमाचल प्रदेशको बडोग सुरुङ बनाउने इन्जिनियरले आफैंलाई मारेर आत्महत्या गरेका थिए। त्यसपछि उक्त स्थानमा विचित्रका घटना घट्न सुरु भएको छ।
गोवामा रहेको किंग्स चर्चमा मानिसहले तीन वटा राजाको आत्मालाइ घुम्दै गरेको देखेका छन्।
Post a Comment