Latest Updates :

बाढीपहिरोको बेदना गीतमा

SHARE THIS POST :
काठमाडौँ : सुदूरपश्चिममा २०५० साल असोज ८ गते आएको बाढी, पहिरोको घटना समेटेर नयाँ गीत बजारएमा आएको छ ।  लोक तथा डेउडा गायक सुर्य बिरहि साउदले बाढीपहिरोको यथार्थ घटनामा आधारित बनाएर ‘बर्खा’ गीत सार्वजनिक गरेका छन् ।

गायिका गौरी भट्ट र सुर्य बिरहि साउदको स्वरमा रहेको गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् भने मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । गीतको शब्द रचना योगेस बुढा र गायक साउदको रहेको छ ।

गायक तथा सर्जक सूर्य विरही साउद र हेमानी ढुगेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन भिम थापाले गरेका छन् । यस्तै छायांकन हरिश महराले गरेका छन् ।  म्युजिक भिडियोलाई वसिवियालो म्युजिक प्रालि ले बजारमा ल्याएको हो ।

गायिका गौरी भट्टले अन्य गीतको तुलनामा  बर्खा सर्वसाधारणसमाझ लोकप्रिय हुदैँ गएको जानकारी दिइन् । ‘मैले गाएका दर्जनौं गीतमध्ये सबैभन्दा धेरै मनपर्ने गीत बर्खा हो’ उनले भने ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger