Latest Updates :

लगातार बर्षाक कारण बाढीले डुब्यो भक्तपुर, क्रेन र डुंगाबाट मानिसको उद्धार (भिडियोसहित)

SHARE THIS POST :
बाढीमा डुब्यो भक्तपुर, क्रेन र डुंगाबाट मानिसको उद्धार (भिडियोसहित)
२८ असार, भक्तपुर । हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।

सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ ।

बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।

बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ ।

हनुमन्ते खोलाले भक्तपुर हरेक वर्ष डुबानमा पर्दै आएको छ । तर समस्या समाधान गर्न कसैले चासो नदिएको गुनासो भक्तपुरबासीले गर्दै आएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger