Latest Updates :

चरेसकाे थालमा मार्सी चामलकाे भात

SHARE THIS POST :
महंगीले ढाड सेकेर उठ्न नसक्ने बनाएको बेला एका विहानै कसैले ढोकाको घण्टी बजायो। हेर्न जाँदा पार्सलको पोका लिएर हुलाकी आएको रहेछ।

के पार्सल आएको रहेछ भनी खोलेर हेरे राता राता फलेका गहुँका दाना जस्तै मोटा मोटा चामलको पोको रहेछ। नाम हेरेँ चिनजानका एकजना मित्रले जुम्लादेखि पठाएका रहेछन्। जे भएपनि कोदोको पिठोले पालो पाउने आशले लौ चामल भन्दै श्रीमतीलाई दिएँ फेसबुकमा मस्त उनी एक छिन केही बोलिनन्। एकछिन पछि के हो भनिन् मैले चमल हो लौ पकाऊ भनेर
 ती मित्रप्रति कृतज्ञ बन्दै बाहिर जाँदै थिएँ।

एक्कासी श्रीमतीकाे आवाजले झसङ्ग बनायो। भन्दै थिइन यो त मार्सी चामल हो खान हुन्न पच्दैन भन्दै मोबाइलमा ठूलै लफडाको महात्म नै देखाइन्। के हो त भनेर उनै मित्रलाई फोन गरेँ उनी अफिसमा व्यस्त रहेछन। पचाउन सके खाउ तर चरेसको थालमा खानु भने। के होला यो साच्चै खानै नहुने चामल हो त डाक्टर लाई सोध्नु पर्यो भनेर फोन गरेको कस्तो खालको डा. परेछ कुन्नी पाएको वेलामा जति हसुुरे पनि हुन्छ पच्छ भने।

उसको कुरो विश्वास लागेन अर्को डा. लाई फोन गरे कहाँको खेलो हरायको पिएचडी वाला डाक्टर परेछ के के राजनीतिक दर्शन छाट्यो “भन्ने हामीलाईलाई रा छ” भन्ने वाक्य बाहेक केही पनि बुझिन। हरेस त खान भएन नि भन्दै लागे अर्को डाक्टरलाई सोधेको हामी आन्दोलनमा छौ मान्छे मर्न लागे त हामिलाई मतलव छैन यस्तो कुरा सोध्ने अहिले भन्न मिल्दैन तैपनि क्लीनकमा आउछौ‌ँ भने भन्छु भन्यो।

अनि लागियो उसको क्लिनिकतिर कुखुराको फर्मको शैलीमा पूरै अस्पतालनै चलाएको डा.ले भन्यो यो चामल खादै नखानुस पच्दैन कत्रा कत्रा सत्र हजार मान्छे अरबौँ अरब पैसा, हात हतियार , लाज शरम सबै पचाउन सक्ने आए पनि विदेशी ठूला हस्पिटला पुग्ने मान्छेलाई त यो चमल पचाउन नसकेर वेहाल भा छ। तँइले खादैँ नखा भन्यो। भारी मन लिएर फर्किए।

यसो सोचे जोतिषलाई सोधौन आखिर के रहेछ यो चामल भनेर जोतिषको घर तिर लागे । जोतिषले मलमासमा लागेको ग्रहणको दोष अनाजमा लाग्ने योग रहेको र त्यो पालो यस पटक मार्सि धानमा परेकोले नखाउ यसको सेवनले अनाहकमा दोष लाग्छ भने। यसो सोचे भोक ठूलो कि दोष ठूलो जे पर्ला पर्ला खान्छु भन्दै फर्किँदै थिए।

होइन यस्ता कुरा त वैद्यलाई पो थाहा हुन्छ भनेर वेद्यलाई फोन गरेर सोध्न पर्यो भनेर फोन हानेको यो नम्वर उपलब्ध छैन भन्यो।  कुरो बुझ्दा बैद्ययका झिटी झाम्टा धनमाल लिएर उनका कारिन्दाहरु भागी सकेकोले बुढाको अहिले केही पनि छैन, खोजेर पनि भेटिन्नन् र भेटे पनि काम छैन भने। यो भात खान कर्ममा लेखेको रहेन्छ भन्दै हिड्दै थिए,  झल्यास्स एउटा कुरा याद आयो।

यस्तो चमलको कुरा त झाँक्रीलाई पो थाहा होला। बरु चामलका गेडा छोएर रोग पत्ता लगाउने र प्रत्येक अनुस्ठानमा टपरीमा चामल नराखी कामै नगर्ने असली चमल विशेषज्ञ त झाँक्री पो हुन। डाक्टरको विभिन्न खालको टिप्पणिले वाक्क भयको मलाइ बाटैमा पर्ने झाँक्रीको घरमा पस्न मन लाग्यो र झाँक्रीबाट समस्याको समाधान हुने आश बोकेर झाँक्रीको घर तिर लाँगे। झाँक्रीको घरमा पुग्दा लाग्यो म बल्ल सही ठाँउमा आइपुगे भन्ने लाग्याे।

यसो हेरे बोलाएँ कोही पनि बोलेनन्,  हेरेँ घरमा भित्रबाट चुक्कुल लगाएको रहेछ ढोेका ढकढक गरे खुलेन।  झाँक्रीले के गर्दै रहेछन् कुन्नी! घर भित्रबाट गुनगुन आवाज मात्रै आयो घर पछाडिबाट बोलाउनु पर्यो भन्दै करेसातर्फ जाँदै थिए। झल्यास्स “कवड्डी कवड्डीे” फिल्मको झाँक्रीवाको कर्तुत सम्झे त्यस पछि हिम्मत नै आएन।  भारी मन लिएर घर फर्कँदै थिएँ। बाटोमा चिप्लिएर नराम्ररी लडेछु देखाउन ल्याएको चामल पनि सबै पोखिएछ। पुर्पुरोमा नराम्ररी चोट लाएर बेहोस पो भएको रहेछु।  होसमा आउँदा पो थाहा भयो मार्सी चामलको के दोष हो र मार्सी प्रवृत्ति पो हो त पच्न नसकेको।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger