Latest Updates :

पदमुक्त भएका प्राधिकरणका सिईओ भुसाल प्रशन्न!

SHARE THIS POST :
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त भएका युवराज भुसालले आपूm अन्त्यन्तै खुसी रहेको प्रतिक्रिया दिएका छन्। भुसालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको साँढे ८ महिना नेतृत्व गर्ने अवसर पाएकोमा आफू अन्त्यन्तै खुसी रहेको भन्दै सरकारप्रति आभार व्यक्त गरे।
आइतबार आफूलाई पदमुक्त गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै उनले सरकारको सो निर्णयको सम्मान गर्ने बताए। सरकारले आफूलाई लक्षित गरेर नभई गत भदौ १४ गते यताका अघिल्ला सरकारका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय अनुसार आफूलाई प्राधिकरणको प्रमुख काईकारी अधिकृतबाट पदमुक्त गरेकाले त्यसमा आफूले गुनासो गरिरहनु पर्ने ठाउँ नभएको बताए। भुसालले प्रधानमन्त्री केपी ओलीले आफूलाई सदैव काममा उत्साही बनाएको बताए। 
अघिल्लो सरकारको पालामा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भूकम्प जस्तो मानवीय संवेदनामाथि मानवीय सेवा गर्ने अवसर दिएको भन्दै आभार व्यक्त गरे।
भुसालले देउवा नेतृत्वको सरकारमा पौने ४ महिना र ओली नेतृत्वको सरकारमा पौने ५ महिना गरेर जम्मा साँढे ८ महिना प्राधिकरणको नेतृत्व गरे। उनले पुनर्निर्माणको काममा आफू सफल भएको दावी समेत गरे। पुनर्निर्माणको कामलाई अघि बढाउन सक्दो पहल गरेको भन्दै प्राधिकरणका कर्मचारीहरुलाई समेत उनले धन्यवाद दिए।
यस अघि प्राधिकरणको निर्देशक समितिको बैठकमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका भुसाललाई प्रधानमन्त्री ओलीले भेट समेत नदिई फर्काई दिएका थिए। ३ वर्षको अवधिमा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ४ पटकसम्म फेरिइसकेका छन्। सरकारले पाँचौं पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्तीको तयारी पनि अघि बढाएको छ। 
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger