Latest Updates :

एक युवतीका २० ब्वायफ्रेण्ड, सबैसँग आइफोन फुत्काएर किनन् नयाँ घर

SHARE THIS POST :
एजेन्सी । एक युवतीका कति वटासम्म ब्वायफ्रेण्ड हुन्छन् भन्ने प्रश्न गर्दा धेरैको जवाफ हुन्छ, एक,-दुई, तीन-चार । तर एक युवतीले २० वटासम्म ब्वायफ्रेण्ड बनाइन्। नयाँ नयाँ केटासँग प्रेमको नाटक रचेर एक युवतीले गरेको कर्तुतले यतिबेला समाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

एक चिनियाँ युवतीले एक दुई होइन २० जना ब्वायफ्रेण्ड बनाइन्। त्यसपछि ती सबै ब्यायफ्रेण्डसँग उनले एकएक आइफोन फुत्काउन सफल भइन्। आइफोन हात परेपछि ती शायली नाम गरेकी ती युवतीले सबैलाई छोडिन् र त्यही आइफोन बेचेर उनले घर किनिन्।

उनले २० वटा आइफोन सेभेन जम्मा पारेसँगै एक मोबाइल फोन बिक्रेता कम्पनीमा लगेर बेचेकी थिइन्। उक्त कम्पनीले उनलाई ती आइफोनको झण्डै १८ हजार डलर बराबरको रकम दियो।

उनले त्यही रकमले आफ्नो लागि एउटा घर किनन्। आफ्ना बाबुआमा निकै अशक्त भएकाले उनीहरुका लागि घर किन्न यस्तो बाटो अप्नाएको उनले स्पष्टिकरण दिएकी छिन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger